केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१ सय ३० लिटर कच्चा तेलमा चोपलेर बिरामीको उपचार

सहयात्रा टिभी

एजेन्सी । श्रावण–४, हामी समय समयमा अनेकौँ किसिमका आश्चर्य लाग्दा र विचित्र घटना तथा परम्पराहरु सुन्ने गछौँ । नेपालीमा एक उखान नै छ, ‘बाँच्नु मात्र पर्छ के के सुनिन्छ के के देखिन्छ’ । वास्तवमा यो उखान सहि सावित भएको छ । हामी समय सँगसँगै संसारका अनौठा र विचत्र परम्परा, संस्कार, घटना सुन्न पाउने गछौँ ।


यस्तै अजरबैजान भन्ने देशको एउटा सहरमा निकै आश्चर्य लाग्दो परम्परा रहेको पाइएको छ । आफ्नो जिउ स्वस्थ राख्नका लागि मानिसले देखे–सुने–जाने सम्मका अनेकन उपाय अपनाउन पछि पर्दैन । कतिपयले जिउ स्वस्थ राख्न चिकित्सा विज्ञानको सहारा लिन्छन् त कतिपयले अन्धविश्वासको अनि कतिले आयुर्वेदको ।

तर उक्त सहरका मानिसहरुले जिउ स्वस्थ राख्न भन्दै कच्चा तेलले नुहाउने गर्दछन् । नाफतलान नामक उक्त सहरमा रहेको एक हेल्थ सेन्टरले कच्चा तेलले नुहाइदिएर विरामीको उपचार गर्दछ । उक्त ठाउँमा बिरामीहरुलाई कच्चा तेलले भरिएको बाथटबमा पसेर नुहाउन लगाइन्छ । त्यहाँ  ४० डिग्री सेल्सियस तापक्रममा १ सय ३० लिटर कच्चा तेलले भरिएको बाथटबमा बिरामीलाई चोपलेर उपचार गरिन्छ ।

तातो तेलमा नुहाउँदा आफ्नो हड्डी तथा छाला सम्बन्धी समस्याहरु निको भएको मानिसहरुको अनुभव रहने गरेको छ ।

त्यहाँ दैनिक ७० जना विरामीको उपचार गरिने र रुस, कजाकिस्तान तथा जर्मनी लगायतका देशबाट समेत मानिसहरु उपचारका लागि आउने बताइन्छ ।

प्रकाशित : 20 July, 2018

प्रतिक्रिया दिनुहोस्