केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उद्देश्य के हो सरकारको, किन रणभुमि बनाइयो कर्णाली अस्पताल!!!

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–४, २१ दिन देखि अनसनरत डा. गोविन्द केसीको अहिले शिक्षण अस्पताल टिचिङ महाराजगञ्ज काठमाण्डौंमा उपचार भइरहेको छ । जुम्लामा अनसन बसेका डा. केसीलाई अनसनको बीसौं दिन बिहिबार सरकारले जबर्जस्ती काठमाडौं ल्याएको छ । स्वास्थ्य अवस्था जटिल बन्दै गएका डा. केसी काठमाण्डौं आउन नमानिरहेको अवस्थामा हिजो सरकार पक्षले जबर्जस्ती काठमाण्डौं ल्याएको हो ।

डा. केसी काठमाण्डौं आउन नमानिरहँदा उनका समर्थकहरुले पनि उनलाई साथ दिइरहेका थिए । तर बिहानैबाट डा. केसीलाई काठमाण्डौं ल्याउन प्रयासरत प्रहरी र विद्यार्थी तथा डा. केसीका समर्थकहरु विचमा झडप समेत भयो । घटना झडपमा मात्र सिमित नभएर डा. केसी रहेको अस्पताल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गोलि नै चल्यो र क्षणभरमा अस्पताल परिषद रणभुमि बन्न पुग्यो ।

गोली लागेर एक प्रहरी गम्भिर घाइते समेत बन्न पुगे । प्रहरीले नै चलाएको गोली लागेर गम्भिर गाइते हुन पुगेका उक्त प्रहरीको सोहि प्रतिष्ठानमा नै उपचार भइरहेको छ ।

झडपको क्रममा प्रहरीले बल प्रयोग गरेपछि अस्पतालका भौतीक सामग्रीहरुमा समेत क्षती पुगेको छ । प्रहरीले जबर्जस्ति अस्पतालमा पसेर डा. गोविन्द केसीलाई निकाल्न खोजिरहँदा उनीहरुलाई रोक्न बसेका विद्यार्थीहरुसँग झडप हुँदा प्रहरीले अश्रुग्याँस समेत प्रयोग ग¥यो, जसले गर्दा विद्यार्थीहरुमा भागाभाग मचिनुको साथै धेरै विद्यार्थी घाइते समेत बने ।

अन्तत विद्यार्थीहरुको रगत बगेको देख्न नसक्ने बताउँदै डा. केसी काठमाण्डौं आउन तयार भए ।

चिकित्सा शिक्षा क्षेत्रको सुधारका निम्ति विभिन्न विषयमा माग राखि पटक पटक अनसर बस्दै आएका डा. केसीलाई सरकार पक्षबाट नै पटक पटक बच्चालाई ललिपप देखाएर फकाए झैँ माग पुरा गर्ने भनि आश्वासन दिदैँ झुक्याइँदै आइयो । अहिले भने सरकार डा.केसीका सबै माग पुरा गर्न नसक्ने बताउँदै आएको छ ।

डा. गोविन्द केसीको समर्थनमा सम्पूर्ण देशवासीहरुले आवाज उठाइरहँदा पनि सरकार पक्ष भने मौन नै देखिएको छ । सम्झौताको विषयमा मौन देखिएको सरकारले डा. केसीलाई बचाउन युद्ध नै मचाउनु जरुरी चाहिँ के को लागी थियो बुझ्न सकिएको छैन ।

प्रकाशित : 20 July, 2018

प्रतिक्रिया दिनुहोस्