केपी ओली प्रचण्ड माधव नेपाल एमाले


श्रावणमा हरिया चुरा र मेहन्दी, विकृति कि संस्कृति !!!

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–४, श्रावण महिना, महिलाहरुले निकै विशेष महिनाको रुपमा लिन्छन् श्रावणलाई । श्रावण महिना सुरु भएदेखि नै नाडीमा हरिया, पहेँला चुरा, हत्केलामा मेहन्दीका साथै विशेष गरि हरियो र पहेँलो कपडामा भेटिन थालेका छन् अधिकांश महिलाहरु ।

विशेष उत्सवकै रुपमा मनाउने श्रावण महिनालाई निकै महत्वका साथ लिन्छन् महिलाहरुले । केहि पुरुषहरुले पनि यो महिनालाई विशेष महत्वका साथ लिने गरेको पाइएको छ । विवाहित अविवाहित दुवै किसिमका महिलाहरुले श्रावणमा शिवको पुजा गरी वर्त समेत वस्ने गर्छन् । महिलाहरुले श्रावण महिनाको प्रत्येक सोमबार पानी पनि नपिइ वर्त बस्छन् भने पुरै महिना भरि माछामासु, लसुनप्याज नखाइ शुद्ध खाना खाएर बस्ने गर्छन् ।

यसरी वर्त बस्नुमा सबैको आफ्नै आफ्नै धारणा र विस्वास रहेको छ । विवाहित महिलाहरुले आफ्ना पति र छोराछोरीको दिर्घायुको निम्ति यो वर्त बस्छन् भने अविवाहित युवतिहरुले राम्रो पति पाउँ भनि वर्त वस्ने गर्छन् ।

भगवानको पालामा पार्वतिले श्रावण भरि शुद्ध खाना खाएर महिनाको प्रत्येक सोमबार कठोर वर्त बसि शिवलाई पाएको पौराणिक कथा अनुसार हिन्दु धर्मावलम्बिहरुले पनि यसलाई पछ्याउँदै आएको पाइएको छ ।

यसका साथसाथै श्रावण महिनामा वर्षा हुने, बाढि पहिरो जस्तो प्रकोपहरु हुन सक्ने हुँदा यस्तो विपत्तिबाट बच्च पनि शिवको पुजा आरधना गरिने र वर्त वस्ने गरिन्छ भन्ने अर्को मान्यता पनि भटिएको छ ।

पौराणिक धारणा अनुसार श्रावण महिना शिवको महिना भएकाले शिवलाई प्रशन्न बनाएर आफ्ना मानोकांक्षाहरु पुरा गर्न यस महिनालाई विशेष रुपमा लिइन्छ ।

यो त भयो श्रावण महिनामा वर्त बस्ने, माछामासु नखाई शुद्ध भोजनमात्र सेवन गर्ने पौराणीक धारण । पौराणीक धारणसँगै यसमा वैज्ञानिक कारण पनि छ । वर्खायाममा हाम्रो पाचन यन्त्र कमजोर हुन्छ । पानी लगायत विभिन्न खाद्य पदार्थको कारण पेटमा जीवाणु फैलने र झाडापखला लाग्ने संभावना हुन्छ । अर्कोतिर हाम्रो शरीरको प्रतिरक्षा प्रणाली पनि कमजोर हुन्छ । यसबेला उपवास बस्दा शरीरलाई फाइदा गर्ने भएकाले यस महिनामा वर्त तथा उपवास बस्नु राम्रो मानिन्छ ।

यो महिनामा माछामासु पनि खाइँन्दैन ।यसको धार्मीक आस्था त छ नै यसमा वैज्ञानिक कारण पनि जोडिएको छ । यो वर्षा याम संक्रमणको महिना हो । त्यसमा पनि माछामासुमा चाँडै संक्रमण हुने गर्छ । मासुमंसमा जीवाणु फैलने । कुहिने, सड्ने हुन्छ । त्यसैले वैज्ञानिक कारण अनुसार पनि यो महिनामा मासु नखान उचित मानिन्छ ।

हाम्र हरेक संस्कार संस्कृति र परम्पराहरु विज्ञानसँग पनि जोडिएका छन् । विज्ञानसँग जोडिएका रितिरिवाजहरु मान्नु धरै राम्रो मानिन्छ तर विना वैज्ञानिक कारण केवल अर्थहिन परम्परालाई मात्र पछ्याउन् भने अहिलेको अवस्थामा समयमको बर्वादि मात्र हुनेछ ।

आज भोलि श्रावण महिनालाई यहि रितिरिवाजको संरक्षणको लागी भन्दा पनि अनावश्यक फेसनको रुपमा लिने गरेको पाइन थालेको छ । पहिले पहिले त्यति प्रचलित नभएको मेहन्दी, चुरा र हरिया, पहेँला कपडा लगाउने चलन आजभोली शहरी क्षेत्रमा निकै प्रचलित भएको देखिन थालेको छ । यसले रितिरिवाजको संरक्षण भन्दा पनि अनावश्यक तड्क र विकृति फैल्याउने सम्भावना बढि देखिन्छ ।

प्रकाशित : 20 July, 2018

प्रतिक्रिया दिनुहोस्