केपी ओली प्रचण्ड माधव नेपाल एमाले


एक तिहाई पुरुष बलात्कारी भएको शहर जाहाँ, पिडितले न्यायसम्म पाउँदैनन्

सहयात्रा टिभी

एजेन्सी । श्रावण–६, दक्षिण अफ्रिकाको जोहानसबर्गस्थित डिपलुस्ट शहर जहाँ बलात्कार हुनु सामान्य कुरा हो । उक्त शहरमा एक तिहाई पुरुष बलात्कारी छन् । उक्त शहरका हरेक तिनजनामा एकजना पुरुषले कम्तिमा एकपटक महिलाको बलात्कार गरेको एक अनुसन्धानबाट खुलेको छ ।

गत वर्षमात्र उक्त शहरमा ५ सय उजुरी दर्ता भए । तर कुनैपनि उजुरीमा कानूनी कारवाही भएन । यहाँका पुरुषहरु खुलमखुला बलात्कारमा संलग्न हुन्छन् र खुलेयाम आफ्नो मर्दाङगिनिमा गर्व गर्छन् ।

आफ्नो नाम गोप्य राखेका ती युवकले आफ्नो बलात्कार कर्मको कहानी बताएका छन् । उनी भन्छन्, ‘जब महिलाले घरको ढोका खोल्छन् तब हामी घरभित्र घुस्छौँ र आफ्नो चक्कु निकाल्छौँ । महिला चिच्याउन थाल्छिन् । हामीले मार्ने धम्की दिएर चुप गराउँछौँ । अनि ओछ्यानमा लगेर बलात्कार गर्छौं ।’
ती दुई युवकमध्ये एकजनाले त यस्तो खुलासा गरेकी उनले त्यहाँ भएका आफ्नै साथीकी गर्लफ्रेण्डलाई नै बलात्कार गरेका छन् साथीकै अगाडि । त्यहाँ कतिपयले त एउटै महिलालाई धेरै पटक बलात्कार गरेका छन् । विवाहित र बच्चाबच्ची भएका महिलालाई समेत उनीहरुकै घरमा बलात्कार गर्ने गरिएको छ । महिलाहरुलाई उनीहरुकै लोग्नेका अगाडि बलात्कार गरिन्छ ।

प्रकाशित : 22 July, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्