केपी ओली प्रचण्ड माधव नेपाल एमाले


बलेको आगोमा दौडिने अनौठो पर्व

सहयात्रा टिभी

एजेन्सी । श्रावण–७, विश्वमा विभिन्न जात, धर्म, संस्कार र देश अनुसार फरक फरक चाडपर्वहरु मनाइने गरिन्छ । विश्वमा मनाइने केहि चाडपर्व सुन्दैमा आश्चर्यजनक हुने गर्दछन् । इण्डोनेसियामा एक विशेष चाड मनाइन्छ जुन चाड मनाउँदा निकै जोखिम मोल्नु पर्ने हुन्छ । इण्डोनेसियामा मनाइने यादन्या कासदा पर्वका अवसरमा मानिसहरु फाटिरहेको ज्वालामूखीबाट बलेको आगोमा हाम फाल्छन्, दौडिन्छन् । इण्डोनेसिायको पूर्वी जाभा प्रान्तस्थ्ति हिन्दु टेंगेरेस समुदायले यो पर्व मनाउँदछन् । यो पर्वका अवसरमा मानिसहरुले बलिरहेको ज्वालामुखीको मुखमा अन्नपात तथा खानेकुरा चढाएर पुजा गर्दछन् ।

जुन महिनामा यो पर्व मनाइन्छ । पर्वको चौधौँ दिनमा उक्त समुदायका मानिसहरु ७६४१ फिट अग्लो सक्रिय ज्वालामुखी पहाड ब्रोमोमा चढ्दछन् अनि पुजाआजा सुरु गर्दछन् ।

यसो गर्नाले रोगब्याधी तथा प्राकृतिक विपत्तिबाट सुरक्षित भईने विश्वास उनीहरुको छ । ज्वालामुखीको मुखमा हाम फाल्ने र त्यहाँ चढाइएका सामान लिएर फर्किने प्रचलन रहेको यो पर्वको चलन निकै खतरनाक मानिन्छ ।

१५ औँ सताब्दीदेखियो पर्व मानिँदै आएको छ । यस क्रममा ज्वालामुखि पहाडमा मानिसहरु सांस्कृतिक भेषभुषामा नृत्य समेत गर्दछन् ।

प्रकाशित : 23 July, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्