केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उत्तर कोरियाद्वारा परीक्षण स्थल नष्ट गर्न शुरु

सहयात्रा टिभी

एजेन्सी । श्रावण–८, उत्तर कोरियाले आफ्नो रकेट परीक्षण स्थल नष्ट गर्न शुरु गरेको छ । उत्तर कोरियाले उत्तर–पश्चिम क्षेत्रमा अवस्थित सोहोमा रहेको रकेट परीक्षण स्थल नष्ट गर्न थालेको हो ।

उत्तरकोरियाली नेता किम जोङ ऊन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीच गत महिना सिंगापुरमा भएको भेटघाटमा कोरियाली प्रायद्वीपलाई पूर्ण रुपमा निःशस्त्रीकरण पार्ने सहमतिमा हस्ताक्षर भएको थियो ।

तर पनि निःशस्त्रीकरण कहाँबाट र कसरी शुरु गर्ने भन्नेमा एकता नदेखिरहेको बेलमा उत्तर कोरियाले निःशस्त्रीकरणको थालनी गरेको पाइएको छ ।

ट्रम्प र किमको भेटवार्ता नहुँदा सम्म अमेरिकाले परमाणु निःशस्त्रीकरणका लागि अनावश्यक दबाव दिएको भन्दै उत्तरकोरियाले असन्तुष्टि जनाएको थियो ।

तर केही दिनअघि अमेरिकी राष्ट्रपति ट्रम्पले कोरियासँग सुधार हुँदै गएको सम्बन्धले आफू खुसी भएको बताएका थिए ।

प्रकाशित : 24 July, 2018

प्रतिक्रिया दिनुहोस्