केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रजस्वलाको रगतबाट मार्मिक चित्र

सहयात्रा टिभी

एजेन्सी । श्रावण–८, एउटी महिलामा रजस्वला सुरु हुनु उ आमा बन्न सक्ने क्षमताको विकास हुनु हो भने उसले एक पुरुषलाई बाबु बन्ने अवसर प्रदान गर्न सक्ने हुनु पनि हो । नेपाली समाजले यस्तो वास्तविकता नबुझेर वषौँदेखि रजस्वलालाई अपवित्रताको उपनाम भिराइ अनेक समस्या भोग्दै आइरहँदा रोमानियाकी एक महिलाले रजस्वलालाई आफ्नै तरिकाले परिभाषित गरेकी छन् ।

उनले रजस्वलालाई पेन्टिङको माध्यमबाट आश्चर्यजनक परिभाष दिइन् । रोमानियाकी टिमी पाली नामकी एक महिलाले रजस्वला भएको बेला निस्किएको आफ्नै रगतबाट एक क्यानभासमा बच्चाको एउटा तस्वीर तयार पारेकी छिन् ।

लामो समय देखि पेन्टिङ क्षेत्रमा काम गर्दै आएकी पालीले दुनियाँलाई मातृत्वको अर्थ बुझाउन आफ्नै रजस्वलाको रगतले क्यानभासमा बच्चाको तस्वीर बनाएकी हुन् ।

आफुले तयार गरेको उक्त आश्चर्यजनक चित्रको बारेमा प्रस्ट्याउँदै पालीले भनिन्, ‘मेरो कला रगतमा होइन, रजश्वलाको महत्त्वमा केन्द्रित छ, जसले एक पुरुषलाई पिता बन्ने, महिलालाई आमा बन्ने तथा एक परिवारलाई वंश अघि बढाउने हक प्रदान गर्दछ ।’

वास्तवमा यहाँ कुरा रजस्वलाको रगतले बनाएको बच्चाको चित्रमा मात्र सिमित छैन्, यहाँ रजस्वताको रगत र बच्चाको निर्माण वा बनावटको सम्बन्धलाई बुझाउन खोजीएको छ । सुन्दा आश्चर्य र चकित मात्र परिएपनि गम्भिर भएर सोच्ने हो भने यो चित्र र चित्र बनाउन प्रयोग रगतको सम्बन्धले निकै मार्मिक बनाउँछ ।

प्रकाशित : 24 July, 2018

प्रतिक्रिया दिनुहोस्