केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ट्राफिक नियम र अग्रसरता

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–८, पछिल्लो समय ट्राफिक प्रहरी निकै सक्रियताका साथ खटिइरहेको देखिन्छ । लगभग दुई हप्ता अघि जथाभावि बाटो काट्ने पैदलयात्रुलाई बाटोमा नै रोेकेर ट्राफिकले तालिम दिने अभियान सुरु गरेको थियो । यो अभियान सुरु गरेको दुईदिन जति ट्राफिकले धेरै संख्यामा पैदलयात्रुलाई समात्यो र तालिम दियो, अभियान सुरु भएको तेस्रो, चौँथो दिनबाट नै जथाभावि बाटो काट्ने यात्रुको संख्या एकाएक घट्यो ।

त्यसैगरि अहिले सादा पोसाकमा खटिएका ट्राफिक प्रहरीहरुले यात्रुहरुलाई मनलागी भाडा असुल गरि ठगि गर्ने ट्याक्सि चालकहरुलाई समाइरहेका छन् । ट्याक्सी र निजि कारबाट ठगीएको यात्रुहरुको गुनासो आएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले सक्रियता बढाएको हो ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले पछिल्लो १ सातामा यात्रु ठग्ने ५७ ट्याक्सी तथा निजी कारलाई कारबाही गरेको छ । साउन ४ देखि ७ गतेको बीचमा ट्याक्सी र निजी कार तथा जीपले मनलागी भाडा लिएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रु तथा सामान ओसारपसार गर्ने ५७ ट्याक्सी तथा निजी कार कारबाहीमा परेका हुन् ।

‘साउन ४ गते १७, साउन ६ गते १९ र साउन ७ गते २१ ट्याक्सी, कार तथा जीपलाई कारबाही गरिएको महाशाखाका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरेन्द्रप्रसाद मैनालीले जानकारी दिए । मिटर ट्याक्सीले बढी भाडा लिने तथा निजी कार तथा जीपले यात्रु ओसार्ने गरेको जनगुनासो महाशाखामा आएपछि महाशाखाले सादा पोशाकमा ट्राफिक प्रहरी खटाएर कारबाही गरेको प्रहरी उपरीक्षक मैनालीले बताए ।

ट्राफिक प्रहरीको यस्ता खाले कार्य एकदमै सरहानिय छ । ट्राफिक प्रहरीको सक्रियता र सफलतालाई सम्मान गर्दै उनीहरुको काममा हामीले पनि साथ र सहयोग पु¥याउन सक्यौँ भने पक्कै पनि धेरै हदसम्म हामी आवातजावातमा तिरिने भाडा र जिउ ज्यानको हिसावले पनि सुरक्षित छौ भन्ने विश्वासले ढुक्क भएर हिँडडुल गर्न सक्ने बातवरण बन्नेछ।

प्रकाशित : 24 July, 2018

प्रतिक्रिया दिनुहोस्