केपी ओली प्रचण्ड माधव नेपाल एमाले


तेस्रो विश्व युद्धको मिति तोकियो

सहयात्रा टिभी

एजेन्सी । श्रावण–८, तेस्रो विश्वयुद्ध छिट्टै हुँदै छ भनि आफुलाई भगवानको दुत सम्झने होरासिओ भिलेगासले भविष्यवाणी गरेका छन् । उनले आउँदो १३ अप्रिल बाट मे १३ को विचमा तेस्रो विश्वयुद्ध हुने बताएका हुन् ।

जिसस क्राइष्टकी आमाको सयौँ वार्षिक उत्सव मे १३ मा विश्वयुद्ध हुने उनले बताएका हुन् । अमेरिका, रुस, उत्तर कोरिया र चिनविचको बढ्दो तनाव नै युद्धको कारण बन्ने पनि उनको दावी छ ।

भिलेगास सन् २०१५ मा डोनाल्ड्र ट्रप्प राष्ट्रपति हुन्छन् भनि भविष्यवाणी गरेर निकै चर्चा कमाएका व्यक्ति हुन् । सिरिया माथि हुने आक्रमणका बारेमा पनि उनले पहिले नै भविष्यावाणी गरिसकेका थिए ।

हाल भने पृथ्वीमा तेस्रो विश्व युद्ध चाँडै नै हुदैँछ भनि मिति नै तोकेर संसारको ध्यानाकर्षण गराइरहेका छन् । भिलेगासले एक अन्तराष्ट्रिय सञ्चार माध्यमलाई दिएको अन्तर्वार्तामा आफुले आकाशबाट आगोका डल्लाहरु पृथ्वीमा खसिरहेको देखेको वताएका छन् । साथै उक्त आगोबाट बच्न सारा मानिसहरु भागाभाग गरिरहेको पनि देखेको बताए र यो अब संसारभरि चाँडै नै युद्धको कारण खस्ने मिसाइल आणविकको संकेत भएको दाबी पनि गरेका छन् ।

आफु अविवाहित वा परिवार विहिन भएर आज सम्म रहनुको मुख्य कारण नै आफुले भगवानको सन्देशलाई संसार भर फैलाउन केन्द्रित हुन सक्ने क्षमताको लागी भएको उनको भनाइ छ ।

प्रकाशित : 24 July, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्