केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इराक र कुवेत लैजान लागिएका १६ नेपाली युवतीको उद्धार

सहयात्रा टिभी

एजेन्सी । श्रावण–९, भारतको दिल्ली हुँदै इराक र कुवेत लैजान लागीएका १६ नेपाली युवतीहरुलाई मध्यरातमा दिल्लीबाट दिल्ली महिला आयोगले उद्धार गरेको छ। एउटा सानो कोठामा बन्धक बनाइ राखेको अवस्थामा रहेका युवतीहरुलाई मंगलबार राती दिल्ली महिला आयोगले प्रहरीको सहयोगमा उद्दार गरेको हो।

रातको करिब १ बजेर ३० मिनेटमा उनीहरुको उद्दार गरिएको हो। आयोगले विशेष जानकारीका आधारमा उद्धार गरेको जनाएको छ।

सुचना अनुसार ७ युवतीहरुलाई १५ दिन पहिले नै इराक र कुवेत पु¥याइएको दाबी गरिएको छ ।

युवतीहरुलाई उद्धार गरिएको स्थान प्रहरी कार्यालयबाट ५०० मिटर दूरीमा रहेको जनाइएको छ। युवतीहरुको पासपोर्ट भने दलालले नै राखेको बताएका छन् ।

प्रकाशित : 25 July, 2018

प्रतिक्रिया दिनुहोस्