केपी ओली प्रचण्ड माधव नेपाल एमाले


रेलमार्ग धमाधम निर्माण हुदैँ

सहयात्रा टिभी

विराटनगर । श्रावण–९, मोरङको कटहरी सम्म भारतबाट रेल ल्याउन धमाधम रेलमार्ग निर्माण गरिँदै छ । भारतीय रेल्वे निर्माण कम्पनी इकर्नले भारतको सीमावर्ती बथनादेखि विराटनगर भेडियारीसम्म रेल्वे परियोजनाको काम अघि बढाइरहेको छ।

बथनादेखि कटहरीसम्म चार वटा रेलको स्टेसन रहनेछन्। जसमा बथना भारतमा पर्छ भने बुधनगर, भेडियारी र कटहरी नेपाल क्षेत्रमा रहनेछन्। भेडियारीमा भने रेल स्टेसन निर्माणको काम अन्तिम चरणमा पुगेको छ।
यस क्षेत्रको मुआब्जा विवाद समाधान भए आगामी वर्षको फागुनचैत सम्ममा कटहरीसम्म नै रेल गुडेको देखिने इर्कनका सहायक प्रबन्धक रणवीर कुमारले दाबी गरे ।

‘बथनाहा र भेडियारी दुवैतिरबाट काम धमाधाम भइरहेको छ । रेल्वे निर्माणका लागी हालसम्म नेपाल र भारत दुवैतर्फ गरेर २ अर्ब १३ करोड रुपैयाँ खर्च भइसकेको बताइएको छ ।

रेलमार्गको लम्बाइ १८ दशमलब ६ किलोमिटर छ। रेलमार्गको कुल लम्बाइमध्ये १० किलोमिटर नेपालमा पर्छ भने बाँकी ८ दशमलब ६ किलोमिटर भारततर्फ पर्नेछ।

प्रकाशित : 25 July, 2018

प्रतिक्रिया दिनुहोस्