केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भगवान कृष्णबाट प्रेरित भई ५८ जनासँग विवाह गर्ने मन्त्री

सहयात्रा टिभी

एजेन्सी । श्रावण–९, गत जुनमा मृत्यु भएका भारतका एक पूर्व मन्त्री तथा सांसदले आफ्नो जीवनकालमा जम्मा ५८ जना महिलाहरुलाई श्रीमतीको रुपमा भित्राएका छन् । भारतको झारखण्ड राज्यका पूर्व मन्त्री तथा सांसद समेत बनेका बागुन सुम्ब्रुईले आफुले नै सबै श्रीमतीको नाम सम्झन नसक्ने गरी ५८ जनालाई विवाह गरेका हुन् ।

भगवान कृष्णबाट प्रेरित भई आफुले ५ दर्जन गोपिनी भित्राएको उनले बताउने गरेका थिए । निकै सादा जीवन विताएका बागुनले दुखी, पिडित महिलाहरुसँग विवाह गरेर उनीहरुको उद्धार गरेको दावी पनि गर्नेगर्दथे ।

आफ्नो शरणमा आउने हरेक महिलालाई आफूले सधैं साथ दिएको र अर्धांगिनी बनाएर राखेको उनको भनाइ छ । उनका अनुसार पहिले पहिले झारखण्डमा हुने हाटहरुमा आउने व्यापारीहरुले आदिवासी युवतीहरुलाई शोषण गरेर गर्भवती बनाउने गर्दथे । अन्जान व्यापारीबाट गर्भवती बनेर अलपत्र परेका युवतीहरुलाई उनले साथ दिन्थे र पत्नी बनाएर भित्राउँदथे ।

बागुनले पछिल्लोपटक सन् २००४ मा विधानसभामा चुनाव जितेका थिए । तर त्यसपछि स्वास्थ्यमा खराबी आएपछि उनले चुनाव लडेनन् र राजनीतिबाट टाढिएका थिए । बागुनले साहारा दिएका महिलाहरु धेरै उनीसँगै जीवनभर रहे भने केहि महिलाहरु मन मिल्ने अर्को पुरुषसँग पनि विवाह गरेका छन् ।

यसरी आफुले उद्धार गर्दा कति महिलाहरु आफ्नो जीवनमा आउने र कति महिलाहरु जाने हुँदा उनलाई सबै महिलाहरुको नाम समेत याद भएन र याद गर्न जरुरी पनि सम्झिएनन् उनले ।

प्रकाशित : 25 July, 2018

प्रतिक्रिया दिनुहोस्