डा.केसीको अनसन सरकार विरुद्धको ‘ग्रान्ड डिजाइन’ भएको आरोप
सहयात्रा टिभी
काठमाण्डौं । श्रावण–१०, डा गोविन्द केसीको अनसन सरकारविरुद्धको ‘ग्रान्ड डिजाइन’ भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले आरोप लगाएका छन् ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भट्टराईले केसीको अनसन बहुमत प्राप्त कम्युनिष्ट सरकारविरुद्धको ‘ग्रान्ड डिजाइन’ भएको गम्भीर आरोप लगाएका हुन् ।
सरकारविरुद्धको राजनीतिक ‘ग्रान्ड डिजाइन’ भएकाले केसीको अनसनलाई कांग्रेसले प्रतिरक्षा गरिरहेको नेता भट्टराईको तर्क छ।
उनले डाक्टर केसीको माग बहुमत प्राप्त सरकारविरुद्ध भएको आफूसँग सयौं प्रमाण रहेको दावी समेत गरेका छन् । नेता भट्टराईले अर्को निर्वाचन नभएसम्म सरकार निर्विकल्प भएकाले त्यसको विकल्प खोज्ने हतारो गर्नु बेकार हुने पनि स्पष्ट पारे।