केपी ओली प्रचण्ड माधव नेपाल एमाले


भिडियो गेम खेल्न विश्वकै सेक्सी युवतीसँग ब्रेकअप

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१०, एक भिडियो गेम खेल्नकै लागि एक व्यावसायिक भिडियो गेम प्लेयरले ‘वर्ल्र्ड सेक्सियस्ट वेदर गर्ल’ को उपाधि पाएकी आफ्नी गर्लफ्रेन्डलाई ब्रेकअप दिएका छन् । कल अफ ड्युटी नामको एक भिडियो गेम खेल्नकै लागि उनले संसारकै सेक्सी भनिएकी आफ्नी गर्लफ्रेन्डलाई ब्रेकअप दिएका हुन् ।

युट्युब स्टार डौग्लास ‘फेज सेन्सर’ मार्टिनले एक भिडियोमार्फत खेलमा पूरा समय र ध्यान केन्द्रित गर्नका लागि आफूले यानेत ग्रासियालाई ब्रेकअप दिएको बताएका छन् ।

डेली मेलका अनुसार २३ वर्षे मार्टिनले एउटा १० मिनेटको भिडियो पोष्ट गर्दै मोडल र टेलिभिजन स्टारसँगको आफ्नो तीन वर्षे पुरानो सम्बन्ध तोडेको खुलासा गरेका छन् ।

‘यानेत र मबीच अब कुनै प्रकारको सम्बन्ध छैन,’ मार्टिनले भिडियोको सुरुमै भनेका छन् । उक्त भिडियोलाई अहिलेसम्म सात लाख ७० हजारले हेरिसकेका छन् ।

प्रकाशित : 26 July, 2018

प्रतिक्रिया दिनुहोस्