केपी ओली प्रचण्ड माधव नेपाल एमाले


लामखुट्टेले कस्ता मानिसलाई बढि टोक्छ त !!!

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१०, लामखुट्टे, जसले जनावरको रगत चुसेर जीवन गुजारा गर्ने गर्छ । यसले कुनै पनि जीवको रगत चुस्न पाएन भने यो बाच्नँ सक्दैन् । मानिसलाई लामखुट्टेले टोकेर हैरान बनाउने गर्छ । लामखुट्टेबाट बच्च मानिसहरुले अनेक उपायहरु अपनाउने गर्छन् ।

तर लामखुट्टेले पनि मान्छे छानि छानि मात्र टोक्छ भन्दा हामीलाई आश्चर्य लाग्न सक्छ । वास्तवमा लामखुट्टेले केहि मानिसहरुलाई अति नै दुख दिने गर्दछ ।

एक अध्ययनका अनुसार लामखुट्टेले गर्भवती महिलाहरु बढि टोक्ने गरेको पाइएको छ । गर्भवती महिलाहरुले कार्बन्डाइअक्साइड बढि फाल्ने भएकाले त्यसबाट लामखुट्टे उनीहरुतिर आकर्षित भई गर्भवति महिलालाई बढि टोक्ने गरेको पाइएको हो ।

त्यसैगरि लामखुट्टेको रोजाइमा पर्ने अर्को समुह भनेको मदिरा सेवनकर्ता हुन् । मदिरा सेवन गर्ने मानिसहरुलाई पनि लामखुट्टेले अति नै टोक्ने गर्छ । मदिरा सेवन गर्नाले मानिसको शरिरमा तापक्रम अचानक बढ्ने भएकाले लामखुट्टेहरु मदिरा सेवन गर्ने मानिसहरुप्रति आकर्षित हुने र उनीहरुलाई टोक्ने गरेको पाइएको छ ।

त्यसैगरि लामखुट्टेको रोजाइमा पर्ने अर्को समुह भनेको ‘ओ’ रगत समुहका मानिसहरु पनि हुन् । ‘ओ’ रगत समुहका मानिसहरुलाई लामखुट्टेले अन्य रगत समुहका मानिसहरुको तुलनामा बढि सताउने गर्दछ ।
लामखुट्टेले रातो, कालो र गाढा निलो रङको कपडा लगाउने मानिसहरुलाई पनि बढि मात्रामा टोक्ने गरेको पाइएको अनुसन्धानले खुलाएको छ ।

प्रकाशित : 26 July, 2018

प्रतिक्रिया दिनुहोस्