केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डिभोर्सपछि पूर्व श्रीमतीले पाएको गुजारा रकम अदालतमा दिनभर गन्दा पनि सकिएन

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१०, श्रीमान श्रीमतीविच डिभोर्स भइसकेपछि श्रीमानबाट श्रीमतीले गुजाराभत्ता अथवा मानाचामल पाउने गर्छन् । यस्तो गुजारा भत्ता श्रीमानको आयस्रोत अनुसार अदालतले तोकिदिने गर्दछ ।

भारतमा एक जोडिको डिभोर्सपछि पूर्व श्रीमतीले आफ्नो पूर्व श्रीमानबाट पाएको गुजारा भत्ता अदालतको इजलासले दिनभर गन्दा पनि सकिएन् । यसो भनिरहँदा उक्त श्रीमानले उसकी भुपु श्रीमतीलाई अर्वौँ रकम दिए होलान भन्ने अनुमान गरिएला तर कुरा यो पनि होइन ।

ती महिलाले उनका पूर्व पतिबाट हरेक महिना गुजारा भत्ताबापत २४ हजार ६ सय भारु पाउनुपर्ने फैसला अदालतले गरेको थियो । सोही मुताविक उनका पतिले उनलाई गुजारा भत्ता दिए । उनले खुद्रा पैसाका सिक्का जम्मा गरेर २४ हजार ६ सय भारु पूराएको हुँदा त्यहाँ पैसाको ठूलै थुप्रो लागेको थियो ।

त्यो रकम गन्नका लागि न्यायाधीशले अदालतका अन्य पेशीहरु नै स्थगित गर्नुपरेको थियो । डिभोर्सी महिला पेशाले वकिल हुन् भने उनका भुपु पति पनि वकिल नै हुन् ।

भारतको चण्डीगढमा यो घटना भएको हो । भुपु लोग्नेले गुजारा भत्ताको रकम दिने नाउँमा एक दुई भारुका सिक्काको थुप्रो लगाएर गन्न भनेपछि ती महिलाले आपत्ति जनाइन् । भुपु लोग्नेले आफुलाई दुख दिनका लागि त्यसो गरेको उनको भनाई थियो ।

तर ती पुरुषले चाहीँ कसैलाई दिनुपर्ने रकम १ सय, २ सय वा २ हजार भारुका नोटमै दिनुपर्छ भन्ने कहीँ नलेखेको दाबी गरे ।

उनले बोरामा लिएर अदालतभित्रै थुप्रो लगाइदिका सिक्काहरु दिनभर पनि गन्न नसकिएपछि न्यायाधीशले चोटिलो आदेश गरे । उनले पैसा बोकेर २७ जुलाईमा पुनः आउन ती पुरुषलाई आदेश दिएका छन् ।

प्रकाशित : 26 July, 2018

प्रतिक्रिया दिनुहोस्