आइएस आक्रमणमा परी २ सय ५० जनाको मृत्यु

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१०, दक्षिणी सिरियामा इस्लामिक स्टेट्स समूहले आत्मघाती आक्रमण र लगातार गरेको गोलाबारीमा परी करिब २५० व्यक्तिको मृत्यु भएको छ । बुधबार सरकारको बलियो प्रभाव रहेको सिरियाको दक्षिणी भागमा पर्ने स्वेदामा भएको उक्त घटनामा परी दुई सय ५० भन्दा बढिको ज्यान गएको हो ।

मृत्यु हुनेमा ५० प्रतिशत भन्दा बढि सर्वसाधारण जनता भएको ‘सिरियन अब्जरभेटरी फर ह्यूमन राइट्स’का प्रमुख रामी अब्देल रहमानले बताए।

सिरियामा सन् २०११ को मार्च महिनादेखि सुरु भएको रक्तपातपूर्ण गृहयुद्धबाट ३ लाख ५० हजारको मृत्यु भइसकेको छ, र तुलनात्मक रुपमा शान्त देखिएको स्वेदा प्रान्तमा पहिलोपटक भीषण आक्रमण भएको हो ।

सिरियाली राष्ट्रपति बसार अल असदको राजीनामाको माग गर्दै भएको जनआन्दोलन गृहयुद्धमा परिणत भएको हो ।

प्रकाशित : 26 July, 2018

प्रतिक्रिया दिनुहोस्