केपी ओली प्रचण्ड माधव नेपाल एमाले


डाक्टर केसी र सरकारविच सहमति

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–११, प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच ९ बुँदे सहमति भएसँगै डाक्टर केसीले बिहिबार राती नै अनसन तोडेका छन् । १० वर्षसम्म काठमाडौंमा नयाँ मेडिकल कलेज खोल्न नपाइने, अध्यादेशअनुसार नै चिकित्साशास्त्र विधेयक ल्याइने, विगतमा भएका सहमतिको कार्यान्वयन गर्नेलगायतका बुँदामा सहमति भएपछि डा.केसीले अनसन तोकेका हुन् ।

बिहिबार दिनभर डा.केसीका मागबारे सहमति जुटाउन सरकार पक्षसँग वार्ता भएको थियो । पहिले सरकार पक्षका प्रतिनिधिहरुसँग पटक पटक वार्ता गर्दा नभएको सहमति बिहिबार राती प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा भएको वार्तामा सहमति भएको हो ।

सहमति भई अनसन तोेडिएसँगै डा.केसीलाई त्रिवि शिक्षण अस्तालकै आइसीयुमा भर्ना गरिएको छ ।

सरकारका तर्फबाट नेकपाका संसदीय दलका उपनेता सुवास नेम्वाङ र माथेमा कार्यदलका संयोजक प्रा केदारभक्त माथेमाले अस्पतालमा अनशनरत प्रा. डा. केसीलाई जुस ख्वाएर अनशन तोडाएका हुन् ।

 

प्रकाशित : 27 July, 2018

प्रतिक्रिया दिनुहोस्