केपी ओली प्रचण्ड माधव नेपाल एमाले


१५ वर्षपछि मंगल ग्रह पृथ्वीको सबैभन्दा नजिक

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–११, आज १५ वर्षपछि मंगल ग्रह र्पथ्वीको सबैभन्दा नजिक आएको छ । आज मंगल ग्रहलाई नजिकबाट हेर्न सकिनुको साथै विश्वभर पूर्ण चन्द्रग्रहणको अदभूत दृष्य पनि अवलोकन गर्न पाइने छ ।

शुक्रबार पृथ्वी र मंगल ग्रहबीचको दुरी केबल ५ करोड ७६ लाख किलोमिटर हुनेछ । मंगल ग्रह जब पृथ्वीको नजिक आउने छ तब यो अरु दिनको तुलनामा ज्यादा चम्किलो देखिने छ ।

शुक्रबार सूर्य अस्ताएलगत्तै पूर्वबाट मंगल ग्रह उदाउन शुरु हुनेछ । यसलाई दुरबिनको प्रयोग नगरी नांगो आँखाले स्पष्ट देख्न सकिने छ । मंगल ग्रहलाई रातभर अवलोकन गर्न सकिने खगोलविदहरुको भनाइ छ ।

शुक्रबार पृथ्वी, सूर्य र चन्द्रमा तीनओटै ग्रह १८० डिग्री कोणमा हुनेछन्, जसलाई ‘अपोजिसन’ भनिन्छ ।

प्रकाशित : 27 July, 2018

प्रतिक्रिया दिनुहोस्