पर्यटक बढाउन गधालाई जेब्रा बनाएर राखिएको पोल खुलेपछि

एजेन्सी । श्रावण–११, मिश्रको राजधानी काहिरामा एक चिडियाघरका कर्मचरीले पर्यटकको संख्या बढाउनका लागि गधालाई कालो–सेतो पेन्ट गरेर जेब्रा बनाएर राखिएको कर्तुत पत्ता लागेको छ । चिडियाखानामा घुम्न गएका एक विद्यार्थीले जेब्राको कान ठूलो देखेपछि नियालेर हेर्दा त्यो जेब्रा नभइ गधा भएको पत्ता लागेको हो ।
उक्त विद्यार्थीले जेब्रा बनाइएको गधासँग फोटो खिचेर सामाजिक सञ्जालमा राखेपछि यो विषयले विश्वभरि नै चर्चा पाएको छ ।
काहिरामा बस्ने महमूद–ए–सराहनी जुलाई २१ तारिखमा इन्टरनेशनल गार्डन पार्क गएका बेला सबैले जेब्रा ठानेको गधालाई उनले भने गधा भएको पत्ता लागएका हुन् ।
त्यो जनावरको ठूलो कान र व्यवहार देखेर शंका गरेका उनले चाँडै नै त्यो जेब्रा नभएर गधा भएको पत्ता लगाए ।
पशुका विभिन्न डाक्टरले पनि त्यो जनावरलाई गधा भएको पुष्टि गरे तर पार्कका निर्देशक मोहम्मद सुल्तान गल्ती मान्नका लागि तयार छैनन् । उनले कुनै पनि जनावरलाई पेन्टीङ नगरिएको बताउँदै आएका छन् ।
सुल्तानको अक्रो चिडियाखानामा पनि पहिले दुईवटा गधालाई रङ लगाएर जेब्रा बनाइएको थियो ।