केपी ओली प्रचण्ड माधव नेपाल एमाले


४८ घण्टामै विवाहबाट छुटकारा दिने अनौठो होटल

सहयात्रा टिभी

एजेन्सी । श्रावण–११, नेदरल्याण्डमा भएको हार्टब्रेक नामको एक होटलमा गएपछि विवाहित दम्पितलाई ४८ घण्टाभित्र सम्बन्ध विच्छेद गराइदिन्छ । उक्त होटेलमा पाहुना बनेर विवाहित दम्पत्तिहरु आउँछन् । तर होटलबाट चेकआउट गर्दा भने एकल महिला तथा एकल पुरुष भएर निस्कन्छन् । त्यसैले यो होटेल डिभोर्स होटलको नामले पनि चर्चित छ ।

यो होटलभित्र दम्पत्तिहरुलाई सम्बन्ध विच्छेदका लागि प्रोत्साहन गर्ने वातावरण उपलब्ध छ । डिभोर्सलाई कानूनी रुपमै अघि बढाउनका लागि वकिलको व्यवस्था पनि गरिएको छ ।साथै बालमनोविज्ञ तथा वित्तीय सल्लाहाकार सेवा पनि त्यहाँ उपलब्ध गराइन्छ, जसले बालबच्चाको लालनपालन, सम्पत्ति बाँडफाँड, क्षतिपूर्ति, खर्च आदिको टुंगो लगाउँदछन् ।

यो होटलमा केवल विवाहित दम्पत्तिले मात्र प्रवेश पाउँदछन् । वास्तवमा डिभोर्स गर्ने मनसायमा रहेका जोडीहरु सजिलोका लागि उक्त होटलमा पाहुना बनेर जान्छन्

प्रकाशित : 27 July, 2018

प्रतिक्रिया दिनुहोस्