=== console.log('header!'); // Easy to add and display post grid on your website with or without categoryies filter. Also work with Gutenberg shortcode block.


खेलकूदलाई आर्थिक समृद्धिसँग जोड्नु पर्नेमा मन्त्री विश्वकर्माको जोड

सहयात्रा टिभी

पोखरा । श्रावण–१३, युवा तथा खेलकूदमन्त्री जगत बहादुर विश्वकर्माले खेलकूदलाई मनोरञ्जनको साधनमात्र नबनाइ आर्थिक समृद्धिसँग जोड्नु पर्ने बताएका छन् । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पलालको ४०औँ स्मृति दिवसका अवसरमा पोखरामा शनिबार आयोजित प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री विश्वकर्माले खेलकुदबाट पर्यटन प्रवद्र्धन गर्न सकिने बताएका हुन् ।

पोखरामा खेलकूदको प्रचुर सम्भावना रहेको बताउँदै उनले प्रकृतिको बरदानस्वरुप प्राप्त पोखरा र गण्डकी प्रदेश साहसिक र हाइ अल्टिच्युटजस्ता खेलको माध्यमद्वारा पर्यटन प्रवद्र्धन गर्दै मुलुकको आर्थिक समृद्धिसँग जोड्न सकिने बताए ।

तेह्रौँ दक्षिण एशियाली खेलकूद (साग) लाई प्रतिष्ठाको विषय रहेको बताउँदै पोखरामा आयोजना हुने केही खेललाई सम्पूर्ण पोखरेलीले एकजुट भएर सहयोग गर्नुपर्नेमा उनको जोड थियो ।

पार्टीका संस्थापक नेता पुष्पलालले मार्ग निर्देशन गरेको समृद्ध नेपाल र सुखी नेपालीको सपना आज पनि उत्तिकै प्रेरणादायी रहेको धारणा राख्दै मन्त्री विश्वकर्माले संविधानले खेलकूदलाई जनताको मौलिक अधिकारका रुपमा अगाडि बढाएको प्रष्ट पारे ।

प्रकाशित : 29 July, 2018

प्रतिक्रिया दिनुहोस्