देशभरका एनालग टेलिभिजन सेवा बन्द

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१३, देशभरका एनालग केवल टेलिभिजनहरु सरकारले स्वयम स्वीच अफ गराउने भएको छ । टेलिभिजनको डिजिटाइजेशनलाई बाध्यात्मक बनाउन सरकारले देशभर अनुगमन गरि एनालग केवल बन्द गराउन थालेको हो । देशभरका एनालग केवल बन्द गराइ डिजिटल प्रविधिमा रुपान्तरण गर्ने उद्देश्यसहित सुचना तथा सञ्चार मन्त्रालयले प्रदेश नं। १ मा अनुगमन गरी एनालग केवलहरु बन्द गराइसकेको छ ।

सञ्चार मन्त्रालयबाट गत वैशाख १५ बाट नै सम्पूर्ण एनालग केवल सञ्चालकहरुलाई केवल बन्द गर्न पत्र पठाएको थियो । सरकारले देशभरि एनालग टेलिभिजन सेवा बन्द गर्न असार मसान्तसम्मको समय दिएको थियो । अब चल्ने सम्पूर्ण एनागल केबल टेलिभिजन अवैध ठहरिनेछ । अव टेलिभिजनलाई डिजिटल प्रविधिमा रुपान्तरण गर्न सम्पूर्ण एनालग केवल सञ्चालकलाई बाध्य गराउन देशभर अनुगमन सुरु गरिएको र सम्पूर्ण एनालग केवल स्वीच अफ गराउन सुरु गरिएको सूचना तथा सञ्चार प्रविधि मन्त्रालयका सहप्रवक्ता मुकुन्द शर्माले जानकारी दिए ।

 

सरकारले एनालग प्रविधिमा सञ्चालन भइरहेका केबल टेलिभिजनको नवीकरण पनि साउनबाट बन्द गरेको छ । काठमाण्डौं, विराटनगर, इटहरी लगायतका पूर्वी क्षेत्रबाट सुरु गरिएको अनुगमन र स्वीच अफका कार्यहरु अब चाँडै नै अन्य प्रदेशमा पुगेर अनुगमन गरि एनालग केवल अफ गरिने सञ्चार मन्त्रालयले जनाएको छ । डिजिटल प्रविधिमा जाँदा गुणस्तरीय अडियो भिडियो सम्प्रेषण गर्ने भएकाले यो प्रविधि अझै स्तरीय मानिन्छ ।

सर्वोच्च अदालतले पनि यसअघि नै एनालग केबल टेलिभिजनहरु बन्द गर्ने सरकारी निर्णय कार्यान्यवन नगर्न भन्ने विषयमा परेको रिट खारेज गरिदिएर एनालग केबल टेलिभिजन बन्द गर्ने बाटो खोलिदिएको थियो ।

प्रकाशित : 29 July, 2018

प्रतिक्रिया दिनुहोस्