केपी ओली प्रचण्ड माधव नेपाल एमाले


कुकुरको टाउकाको मूल्य ८० लाख तोकियो

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१४, दक्षिण अमेरिकी देश कोलम्बियामा रहेको एक कुकुरलाई काटेर वा जिउँदै भएपनि ल्याउने व्यक्तिलाई ८० लाख नगद पुरस्कार दिने घोषणा भएको छ । अर्बौँ मुल्य बराबरको लागुऔषध बरामद गर्न प्रहरीलाई सहयोग गर्ने उक्त कुकुरको टाउको काटेर ल्याउनेलाई ८० लाख पुरस्कार दिने तस्करहरुले घोषणा गरेका हुन् ।

लागु औषध तस्करीका लागि विश्वभर कुख्यात देश कोलम्बिया हो । त्यहाँ कैयन् लागुऔषध कारोवारीहरु वर्षौँदेखि आफ्नो कारोबार जमाएर बसिरहेका छन् । तर पछिल्लो दिनमा सोम्ब्रा नामक कुकुरले कोलम्बियाका धेरै तस्करहरुलाई बाँच्नै मुस्किल बनाइदिएको छ ।

उक्त कुकुरले २ वर्षमा झण्डै १ अर्ब रुपैयाँ बराबरको मूल्यको लागुऔषध बरामद गर्न प्रहरीलाई सहयोग गरेको छ । कुकुरका कारण निदहराम भएका लागुऔषध अपराधीहरुले कुकुरको टाउकाको मूल्य तोकेका हुन् । उक्त कुकुरलाई जिउँदै वा मारेर ल्याउने मानिसलाई ८० लाख रुपैयाँ बराबरको पुरस्कार दिने घोषणा तस्करहरुले गरेका हुन् ।

कोलम्बियाको पुलिसले नै यो कुकुरका विषयमा ट्विट गरेर यसको योगदानका विषयमा सुरुमा जानकारी प्रदान गरेको थियो । समाचार अनुसार सोम्ब्राले सन् २०१६ को मार्चदेखि लागूऔषध कारोबारी विरुद्ध युद्ध सुरु गरेको हो ।

यो कुकुरमा लागुऔषध सुँघेर पत्ता लगाउने अद्भुत क्षमता छ । पहिलोपटक सन् २०१६ को मार्च महिलामा यसले बाकसमा लुकाएर तस्करी गर्दै गरिएको २९५८ किलो कोकिन पक्रिएको थियो । उक्त बाकस बेल्जियम तस्करी गरिँदै थियो ।

त्यसपछि सन् २०१७ को मे महिनामा पनि बेल्जियम पठाउन लागिएको १.१ टन कोकिन यसले पक्राउ गरेको थियो । त्यसपछि ५.३ टन कोकिन पनि उसले पक्रिएको थियो ।

प्रकाशित : 30 July, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्