केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दुर्घटनामा गर्भवति महिलाको मृत्यु, बाहिर आएको शिशु भने सुरक्षित

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१४, विज्ञानप्रविधिले संसारलाई साँगुरो बनाएसँगै विश्वमा भएका अनेकौँ घटनाहरु हामी क्षणभरमै सुन्न सक्ने भएका छौँ । साथै प्रत्येक दिन विश्वको कुनै न कुनै ठाउँमा नयाँ र अप्रत्याशिला घटनाहरु भएको पनि सुन्नमा आउँछ ।

त्यसैगरि गत शुक्रबार ब्राजिलमा एक भयानक र आश्चर्यजनक घटना भएको छ । ब्राजिलमा एक भयानक दुर्घटनामा एक बालिका अप्रत्याशित रुपमा बाँच्न सफल भएकी छिन् ।

काठले भरिएको ट्रकमा एक गर्भवति महिलाले यात्रा गरिरहेकी थिइन् । यात्राका क्रममा केही कारणवश ड्राइभरले ट्रकमाथि नियन्त्रण गुमाएका कारण साओ पाउलो र क्युरिटिबाबीचको सडकखण्डमा दुर्घटनाग्रस्त भयो ।

ट्रकभित्रका काठले थिचिनु अघि क्याविनबाट बाहिर उछिट्टिएकी ती महिलाको पेट चिरिन पुग्यो । उक्त दुर्घटनामा उद्धारका लागी खटिएका व्यक्तिहरुले महिलाको पेटबाट निस्किएको छोरीलाई उनीभन्दा केही पर घाँसमाथि रोइरहेको अवस्थामा भेटे ।

ती नवजात शिशुलाई अलिकति पनि चोट नलागेको र नाल पनि दुर्घटनामा काटिएको बताइएको छ ।

दुर्घटनाका बेला उनकी आमा ३९ हप्ताकी गर्भवती भएको पाइएको छ । बालिकाको पारिक्वेरा–एकु क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । शिशुकी मृत आमाको पहिचान खुलाउन प्रहरीले अनुसन्धान गरिरहेको छ ।

प्रकाशित : 30 July, 2018

प्रतिक्रिया दिनुहोस्