केपी ओली प्रचण्ड माधव नेपाल एमाले


इरानी नेतालाई वार्ताका लागी ट्रम्पद्धारा प्रस्ताव

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१५, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी नेताहरु समक्ष वार्ताको प्रस्ताव गरेका छन् । ट्रम्पले विना शर्त जुनसुकै बेला छलफल गर्न तयार रहेको भन्दै वार्ताको आह्वान गरेका हुन् ।

यसै महिनाको शुरूतिर अमेरिकी राष्ट्रपति र इरानी राष्ट्रपति हसन रुहानीले एकअर्कालाई चेतावनी दिएपछि ट्रम्पले मेलमिलापको कुरा गरेका हुन्। ह्वाइट हाउसमा संवाददाताहरूलाई उनले भने, ‘म जोसुकैलाई भेट्नसक्छु। म भेटवार्तामा विश्वास गर्दछु।’

सम्बन्ध चिसिएपछि अमेरिका इरानसँगको अन्तर्राष्ट्रिय पारमाणविक सम्झौताबाट अलग भएको थियो । सन् २०१५ मा इरानसँगको सम्झौतामा हस्ताक्षर गरेका बेलायत, फ्रान्स, चीन, रुस र जर्मनीको विरोधकै बीच उसले केही दिनभित्र तेहरानमाथि प्रतिबन्ध लगाउने तयारी गरिरहेको बीबीसीको समाचारमा उल्लेख छ ।

इरानका गतिविधिलाई लिएर सशंकित हुँदै आएका ट्रम्पबाट एकाएक आएको वार्ताको प्रस्तावलाई धेरैले अनपेक्षित परिघटनाका रुपमा विश्लेषण गरेका छन् ।

प्रकाशित : 31 July, 2018

प्रतिक्रिया दिनुहोस्