केपी ओली प्रचण्ड माधव नेपाल एमाले


दोस्रो ठूलो भन्सारको व्यापार घाटा २ खर्ब २० अर्ब ५३ करोड

सहयात्रा टिभी

बुटवल । श्रावण–१५, देशकै दोस्रो ठूलो भन्सार नाका रुपन्देहीको बेलहियाबाट गत आर्थिक वर्षभित्रमा मात्र २ खर्ब २० अर्ब ५३ करोड घाटा भएको छ । आर्थिक वर्ष २०७४।०७५ मा निर्यातको तुलनामा आयात अत्याधिक हुँदा बेलहिया भन्सारमा २ खर्ब भन्दा बढिको घाटा भएको हो ।

तथ्यांकअनुसार आयातबाट भन्सारले ७० अर्ब ८ करोड २४ लाख राजश्व संकलन गर्दा निर्यातबाट भने जम्मा ४६ लाख ९५ हजार मात्रै राजश्व संकलन गरेको छ । गत आर्थिक वर्षमा २ खर्ब २४ अर्ब ३ करोडको सामान आयात हुँदा निर्यात भने ३ अर्ब ५० करोडको मात्रै भएको भैरहवा भन्सार कार्यालयका सूचना अधिकृत कलिराम पौडेलले बताए ।

यो घाटा निर्यातको तुलनामा ९८.४३ प्रतिशतले बढी हो । पछिल्ला वर्षहरुमा निर्यातको क्रम घट्दै गएको र आयात भने ह्वात्तै बढेकाले प्रत्येक वर्ष व्यापार घाटामा गएको हो । नेपालबाट भारततर्फ निर्यात हुने वस्तुहरू न्यून हुनु र निर्यातजन्य वस्तु हुँदा पनि पैठारी गर्न नसक्नु जस्ता कारणले ब्यापार घाटा बढ्दै गएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने बताउँछन् ।

प्रकाशित : 31 July, 2018

प्रतिक्रिया दिनुहोस्