केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गर्भवती बाख्राको सामूहिक बलात्कार

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१५, भारतमा एक गर्भवती बाख्राको सामूहिक बलात्कार गरिएको छ । भारतको नयाँदिल्ली भन्दा ४५ माइल दक्षिणमा पर्ने नु गाउँमा ८ जनाले गर्भवती बाख्राको बलात्कार गरेका हुन् ।


बलात्कार पछि उक्त बाख्राको मृत्यु भएको छ । बाख्रा हराएको थाहा पाएपछि खोज्दै जाँदा ८ जना जँड्याहाले झाडिमा बलात्कार गरिरहेको अवस्थामा भेटेको बाख्रा धनि अस्लुप खानले स्थानिय मिडियासँग भनेका छन् ।
बाख्राधनीले आफू र केही छिमेकीहरुले ती जँड्याहालाई बाख्रालाई बलात्कार गर्दागर्दै रंगेहात पक्राउ गरेको दाबी गरेका छन् । तीन जनालाई भने भाग्नुअघि पिट्नसमेत भ्याएको खानले बताए ।

बाख्रालाई घरमा ल्याएर उपचार गर्दागर्दै भोलिपल्ट मरेको थियो । उपचारमा संलग्न भेटनरी चिकित्सकले उक्त बाख्रा ब्रेन हृयामरेजको कारणले मृत्यु भएको बताएका छन् ।

बलात्कारमा संलग्न सम्पूर्ण फरार अभियुक्तको खोजि कार्य भइरहेको प्रहरीले जनाएका छन् ।

प्रकाशित : 31 July, 2018

प्रतिक्रिया दिनुहोस्