केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ब्वाइफ्रेण्डहरुबाट उपहार प्राप्त आइफोन बेचेर बन्यो घर

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१५, मानिसहरु पैसा कमाउन अनेक दुख गर्छन । प्रत्येक मानिस पैसा कमाउन, घर बनाउन, खुसी जीवन विताउन कै लागी अनेक किसिमका काम गरिरहेका हुन्छन् । अनि केहि मानिसहरु पैसा कमाउन कै लागी हदैसम्म गिरेको पनि देखिन्छ र सुनिन्छ ।

नेपालको छिमेकी देश चीनमा हाल यस्तै एक आश्चर्यजनक घटना सार्वजनिक भएको छ । एक शायली नाम गरेकी युवतीले घर बनाउन कै लागी एक दुई मात्र नभई २० जना नक्कली ब्वाइफ्रेण्ड बनाएकी छन् । शायलीले २० जना केटाहरुलाई माया जालमा फसाई प्रत्येकबाट एक एक वटा आईफोन हात पारिन ।

आफुलाई प¥याप्त हुने आइफोन प्राप्त गरेपछि २० जना ब्वाइफ्रेण्डलाई नै एकै साथ छाडिदिइन् । उनले जम्मा गरेको २० आइफोन सेभेनलाई एक मोबाइल फोन बिक्रेता कम्पनीमा झन्डै १८ हजार डलर बराबरको रकममा बिक्रि गरिन ।

उनले त्यो १८ हजार डलरबाट आफ्नो लागी एउटा घर बनाइन् । निकै बुढा भइसकेका आफ्ना आमा बुबाको लागी भएपनि आफुले घर बनाउनै पर्ने बाध्यता भएकाले आफुले त्यस्तो उपाय अपनाएको शायलीले बताएकी छन् ।

प्रकाशित : 31 July, 2018

प्रतिक्रिया दिनुहोस्