केपी ओली प्रचण्ड माधव नेपाल एमाले


मंसिरबाट सर्टिफिकेट धितोमा राखेर ७ लाखसम्म ऋण पाइने

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१६, यहि आर्थिक वर्षभित्र शैक्षिक योग्यताको प्रमाणपत्र (एकेडेमिक सर्टिफिकेट) धितो राखेर सहुलियत व्याजदरमा ऋण पाइने भएको छ । शैक्षिक बेरोजगारिको संख्या न्यूनिकरण गर्ने उद्देश्य स्वरुप सरकारले ल्याएको नयाँ योजना अनुरुप यहि आर्थिक वर्षभित्र प्रमाणपत्र धितो राखि ऋण लिन सकिने व्यवस्थाको तयारी भइरहेको हो ।

यसका लागि अर्थ मन्त्रालयले कार्यविधिको मस्यौदा तयार गर्दैछ । अघिल्लो पटक केपी शर्मा ओली पहिलो पटक प्रधानमन्त्री भएका बेलामा नै यस्तो योजना अघि सारिएको थियो । तर, सरकारले कार्यविधि नै नबनाएपछि कसैले पनि सर्टिफिकेट धितोमा राखेर ऋण लिन पाएका थिएनन् । यसपटक भने मंसिरबाट सर्टिफिकेट धितोमा राखेर ऋण दिन नै सुरु गरिने अर्थ मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले बताए ।

मन्त्रालयले कार्यविधि निर्माणका क्रममा बैंक, बीमा कम्पनी तथा निक्षेप तथा कर्जा सुरक्षण कोषसँग समन्वय र छलफल गरिरहेको छ । राष्ट्र बैंक र बीमा समितिसँग पनि कार्यविधिलाई ब्यवहारिक बनाउन छलफल भइरहेको आचार्यले बताए ।

बजेटले सर्टिफिकेट धितो राखेर ७ लाख रुपैयाँसम्म ५ प्रतिशत ब्याजदरमा ऋण दिने घोषणा गरेको छ । ऋण लिनका लागि शैक्षिक प्रमाणपत्रका साथै ऋणीको नागरिकतालगायत पनि धितोस्वरुप राख्नुपर्ने अर्थ मन्त्रालयका अधिकारी बताउँछन् ।यसका लागि युवाले आफ्ना व्यवसायिक योजना पेश गर्नुपर्नेछ ।

कुन तहसम्म अध्ययन गरेकालाई कसरी, कति रुपैयाँसम्म ऋण दिने, कति किस्तामा फिर्ता गर्ने गरी कति वर्षका लागि ऋण दिने, कुन माध्यमबाट कसरी ऋण लिन सकिन्छ लगायतका विषय कार्यविधिमै समेटिने बताइएको छ ।

प्रकाशित : 1 August, 2018

प्रतिक्रिया दिनुहोस्