केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नेकपाको पत्रकार संगठनको नाम ‘प्रेस संगठन नेपाल’

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१६, नेपाल कम्युनिस्ट पार्टी (ने क पा) निकट पत्रकारहरूको संगठनहरुको नाम ‘प्रेस संगठन नेपाल’ हुने भएको छ । तत्कालीन नेकपा एमाले निकट प्रेस चौतारी नेपाल र नेकपा माओवादी केन्द्र निकट पत्रकार प्रेस सेन्टर नेपालको एकीकरण गरि एकीकृत पत्रकार संगठनको नाम प्रेस संगठन नेपाल राखिने भएको हो ।


तत्कालीन प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष तथा ने क पाका केन्द्रीय सदस्य विष्णु रिजालले संगठनको विधान पारित भएको र संगठनको एकता यसै साता हुने जानकारी दिए। एकीकृत संगठनको केन्द्रीय कमिटीमा २२५ सदस्य हुनेछन् । त्यस्तै प्रदेश समिति अध्यक्ष र सचिवसहित १२५ सदस्यीय, जिल्ला समिति ३५ सदस्यीय र शाखा समिति ९ सदस्यीय रहने छ । यस्तै अनुशासन र लेखा आयोगमा १५।१५ सदस्य हुने छन् ।

प्रकाशित : 1 August, 2018

प्रतिक्रिया दिनुहोस्