केपी ओली प्रचण्ड माधव नेपाल एमाले


नर्मल डेलीभरी गराउने सजिलो विधी

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१६, बच्चा जन्माउँन आजभोली शल्यक्रिया निकै प्रचलनमा रहेको छ । शल्यक्रिया गरि बच्चा जन्माउने प्रविधिको वृद्धि सँगसँगै आमा र बच्चाको स्वास्थ्यमा देखिने समस्या पनि बढ्दै गएको छ । आमा र बच्चा दुवैको शारीरिक स्वास्थ्यको निम्ति नर्मल डेलीभरी नै राम्रो मानिन्छ । शल्यक्रिया अथवा अप्राकृतिक डेलीभरीले आमाको स्वाथ्यमा समस्या देखिन सक्छ ।

शल्यक्रिया गरेपछि सुत्केरी महिलालाई तङ्ग्रिन लामो समय लाग्नुको साथै संक्रमण हुने सम्भावना पनि बढि देखिन्छ । तर सबै अवस्थामा नर्मल डेलीभरी नै गराउन पनि सकिन्दैन् । अपवादमा कुनै अफ्ट्यारा परिस्थितिमा शल्यक्रिया पनि गराउनु पर्ने हुन्छ । गर्भवती भएपछि नियमित रुपमा डाक्टरहरुको सल्लाह लिइरहनु पर्छ । नियमित रुपमा डाक्टरहरुसँग सम्पर्कमा रहेमा नर्मल डेलीभरी हुन सक्छ अथवा शल्यक्रिया नै गर्नु पर्ने हो थाहा पाउन सकिन्छ ।

नर्मल डेलीभरीका निम्ति केहि सजिला विधीहरु  :

१) गर्भवति भएपछि नियमित रुपमा डाक्टरहरुसँग सम्पर्कमा रहनु पर्छ ।
२) जन्मले शिशु स्वास्थ हुन गर्भवती महिला पनि स्वस्थ हुनुपर्छ । गर्भवती महिलाले आफ्नो स्वाथ्यको ख्यान गर्नुपर्छ साथै कुनै रोग भए डाक्टरहरुको सल्लाहअनुसार उपचार गराइहाल्नु पर्छ ।
३) गर्भवती भएको समयमा आफुलाई फुर्तिलो र सक्रिय राख्नुपर्छ । त्यसका लागी हिँडडुल गरिरहने, सामान्य काम गरिरहनु राम्रो हुन्छ, जसले सामान्य डेलीभरीको लागी सजिलो गराउँछ ।
४) गर्भवती समयमा नियमित रगत परीक्षण गराउनुपर्छ साथै प्रसवको समयमा रगतको आवश्यकता पर्न सक्ने हुँदा पहिले देखि नै आफ्नो समुहको रगत दिने मानिस वा रगत तयारी बनाउनु पर्छ ।
५) सामान्य डेलीभरीको लागी वक्रासन, उत्कतसना, कोण आसन, सख भद्रासन जस्ता योग आसन पनि प्रभावकारी हुनसक्छ ।
६) गर्भवतीले यस्तो समयमा पर्याप्त पानी पिउनु पर्छ । गर्भवतीले हरियो सागसब्जी, फलफुल पर्याप्त खानुपर्छ ।
७) गर्भवतीले भिटामिन, क्याल्सियम, प्रोटिन अधिक मात्रामा सेवन गर्नुपर्छ ।
८) नर्मल डेलीभरीको लागी मेथिले सहज बनाउने हुँदा गर्भवती महिलाले मेथीको सेवन गर्नु राम्रो हुन्छ ।

प्रकाशित : 1 August, 2018

प्रतिक्रिया दिनुहोस्