केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गर्भवती महिला मरेको १० दिन पछि जन्मियो बच्चा

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१६, दक्षिण अफ्रिकाको एक गाउँमा भर्गवती महिलाले मरेको दश दिनको दिन अन्तेष्टि गर्न लग्ने क्रममा बच्चा जन्माएकी छन् । महिला मरेको दशऔँ दिन अन्त्येष्टिका लागि शव लगिरहेका शवगृहका कर्मचारीहरुले मृतक महिलाको शव राखिएको कफन खोल्दा मृत महिलासँगै उनले जन्माएको बच्चा पनि भेटेका हुन् ।

३३ वर्षकी नामभेलिसो नामासोन्तो म्योदी नामकी महिला ९ महिनाकी गर्भवती हुँदा मरेकी थिइन् । प्राय गर्भवती महिला मरेपछि उनको गर्भमा रहेको बच्चा पनि मर्छ भन्ने सोचिन्छ । सोहि अनुरुप मृत महिला म्योदीको अन्तेष्टिको लागी तयारी गरियो । तर अन्तेष्टि गर्ने बेलामा म्योदीलाई राखिएको कफन खोलेर हेर्दा मृत म्योदीसँगै उनले जन्माएको बच्चा पनि भेटियो ।

म्योदीको मृत्यु पछि उनलाई शब गृहमा राखिएको थियो त्यहि बेलामा उनीबाट बच्चा जन्मिएछ तर शब गृहको चिसोका कारण उक्त बच्चा लामो समय नबाँचेको बताइएको छ ।

प्रकाशित : 1 August, 2018

प्रतिक्रिया दिनुहोस्