केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अबको ६ वर्ष पछि १०–२० लाख पर्यटक रेलबाट नेपाल आउने अर्थमन्त्रिको दाबी

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१७, अबको ६ वर्ष पछि १० देखि २० लाख पर्यटक रेलबाट नेपाल आउन सक्ने अर्थमन्त्रि युवराज खतिवडाले बताए । बिहिबार पर्यटन मन्त्रालयले आयोजना गरेको पर्यटन क्षेत्रको भावी कार्यदिशा सम्बन्धी अन्तक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्रि खतिवडाले ६ वर्षपछि रेलका माध्यमबाट १० देखि २० लाख पर्यटक नेपाल आउन सक्ने बताएका हुन् ।

उनले पर्यटन पवर्द्धनका लागि छोटा दुरीका रेल्वेबारे अध्ययन गर्नुपर्ने आवश्यकता औंल्याए । साथै मन्त्रि खतिवडाले हाल नागढुंगा–धुलिखेलको योजना अघि बढिरहेको र सोहि अनुसार छोटा दुरीका जस्तै १०,२० किलोमिटरका छोटा रेल्वे स्टेशन बनाउन सकिने बताएका छन् ।

उनले आगामी १० वर्षभित्रमा ५० लाख पर्यटक नेपाल ल्याउन सकिने बताउँदै त्यसका लागी भने निकै कुराहरुमा ध्यान दिन र धेरै कुराहरुको विकास हुन आवश्य रहेको बताएका छन् ।

उनले १० वर्षमा ५० लाख पर्यटक नेपाल भित्राउन क्षेत्रिय विमानस्थल बढाउनुपर्ने र फ्लाइट दोब्बर गर्नुपर्ने बताएका हुन् । त्यसैगरि होटलहरु व्यवस्थित र पर्याप्त नहुँदा समस्या देखिने भएकाले निजि क्षेत्रहरुलाई होटल संचालन गर्न प्रोत्साहन गर्नु आवश्यक रहेको जनाएका छन् ।

प्रकाशित : 2 August, 2018

प्रतिक्रिया दिनुहोस्