केपी ओली प्रचण्ड माधव नेपाल एमाले


टर्कीका मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको टर्कीद्धारा निन्दा

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१७, टर्कीका न्याय र आन्तरिक मामिलासम्बन्धी मन्त्रीहरूलाई प्रतिबन्ध लगाउने अमेरिकी निर्णयको टर्कीले कडा निन्दा गरेको छ। टर्कीको विदेशमन्त्रालयले वासिङ्टनको शत्रुतापूर्ण अडान रहेको भन्दै उक्त अमेरिकी निर्णयको प्रतिवाद गर्ने जनाएको हो ।


अमेरिकी एकजना पास्टरलाई आतंकवादको अभियोगमा अंकाराले थुनामा राखेको भन्दै अमेरिकाले टर्कीका न्याय मन्त्री र आन्तरिक मामिला मन्त्रीमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।

अमेरिकाको नर्थ क्यारोलाइनाका ती पास्टरलाई राजनीतिक समूहसँग सम्बन्धित भएको आरोपमा झण्डै दुई वर्षदेखि थुनामा राखिएको छ। पास्टर एन्ड्रयू ब्रनसनलाई गरिएको व्यवहार अस्वीकार्य भएको अमेरिकाले बताउँदै आएको छ ।

ब्रनसनले पनि आफूमाथिको आरोप अस्वीकार गर्दैआएका छन्।

टर्कीका राष्ट्रपति रिजेप तय्यिप एर्दोआनले उक्त मुद्दामा वासिङ्टनलाई इसाई धर्मको प्रचारक र यहुदी मानसिकताको भनी आरोप लगाएका छन्।

प्रकाशित : 2 August, 2018

प्रतिक्रिया दिनुहोस्