केपी ओली प्रचण्ड माधव नेपाल एमाले


उडिरहेको जहाजमा पाइलटबीच हानाहान भएपछि

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१७, इरानको मशादबाट इराकको बगदादका जाँदै गरेको विमानभित्र चालक दलका दुई पाइलट आपसमा झगडा गरी हानाहान गरेका छन् । १ सय ५७ यात्रु बोकेर इरानको मशादबाट इराकको बगदादका जाँदै गरेको विमान आकाशमा ३७ हजार फिटमाथि उडाइरहेको बेलामा एक आपसमा मुक्कामुक्की गरेका हुन् ।

उक्त घटनाको अनुसन्धानका क्रममा झगडामा सहभागि एक विमानका सह–पाइलटले इराकी वायुमार्ग प्राधिकरणलाई पत्र लेख्दै उक्त विमानका पाइलटले एयर होस्टेजलाई आफ्नो लागि खाना ल्याउनबाट रोकेको दाबी गरेका छन् ।

पाइलट आफुले खाएर आएको र आफुसँग अनुमति नलिइकन ककपिटमा खानेकुरा ल्याउन नपाइने भन्दै इयरहोस्टेजलाई रोकेपछि सहपाइलट प्रतिकारमा उत्रिए र दुईविच हानाहानै भयो ।

आफूमाथि पाइलटले दुईपटक हातपात गरेपछि आत्मरक्षाका लागि प्रतिकार गरेको को–पाइलटको दाबी छ ।

आपसमा झगडा गरेपछि चालकहरुले विमानलाई सुरक्षित रुपमा वगदादमा अवतरण गराए । तर विमान अवतरण भैसकेपछि पनि उनीहरु आपसमा झगडा गर्दै थिए ।

इराक एयरवेजले ती दुवैजना पाइलटलाई निलम्बन गरेको छ ।

प्रकाशित : 2 August, 2018

प्रतिक्रिया दिनुहोस्