केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शंखेकिरा दौडाइने अनौठो प्रतियोगीता

सहयात्रा टिभी

एजेन्सी । श्रावण–१७, विश्वमा विभिन्न किसिमका खेलहरु अनि प्रतियोगीताहरु गराइएको सुनिन्छ । हात्ती, घोडा, उँट, साँढेलगायतको दौड प्रतियोगिता पनि निकै प्रचलित दौड प्रतियोगीता हो । तर सुन्दा आश्चर्य लाग्न सक्छ विश्वमा शंखेकिराको पनि दौड प्रतियोगीता गराइन्छ ।

बेलायतमा शंखेकिराको दौड प्रतियोगिता गराई विजेतालाई पुरस्कार समेत दिइन्छ । सन् १९६० को दशकदेखि नै बेलायतमा हरेक वर्ष विश्व शंखेकिरा दौड प्रतियोगिताको आयोजना हुँदै आएको छ । प्रतियोगितामा विश्वभरका शंखेकिराले भाग लिन्छन् ।

यो वर्षको शंखेकिरा दौड प्रतियोगिता गत शनिबार आयोजना गरिएको थियो । प्रतियोगितामा डेढ सयभन्दा धेरै शंखेकिराले भाग लिएका थिए । यस पटकको शंखेकिरा दौड प्रतियोगितामा लेरी नामको शंखेकिरा पहिलो भयो जसले ३३ सेमी दूरी २ मिनेटमा पार गर्यो । विजेता शंखेकिरालाई उनीहरुलाई निकै मन पर्ने सलादका पातले भरिएको चाँदीको भाँडो पुरस्कार दिइयो । लेरीको जितबाट उसकी मालिक्नी तारा बिसले निकै खुसी भएकी थिइन् ।

प्रकाशित : 2 August, 2018

प्रतिक्रिया दिनुहोस्