केपी ओली प्रचण्ड माधव नेपाल एमाले


अन्तत : प्रधानन्यायाधीशमा दीपकराज जोशी अस्वीकृत

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–१८, प्रधानन्यायाधीशमा सिफारिस गरिएका प्रधान्यायाधीश दीपकराज जोशीको नाम संसदीय सुनुवाइ समितिको दुईतिहाई बहुमतबाट अस्वीकृत भएको छ। प्रतिनिधिसभा अन्तर्गतको संसदीय सुनुवाई विशेष समितिमा शुक्रबार भएको मतदानबाट प्रधानन्यायाधीश जोशी अस्वीकृत भएका हुन् ।

 

समितिमा सर्वसम्मत निर्णय हुन नसकेपछि मतदानबाट जोशीलाई प्रधानन्यायाधीशमा अनुमोदन गर्ने कि नगर्ने विषयमा मतदान भएको थियो ।

१५ सदस्यीय संसदीय सुनुवाइ समितिमा जोशीको विपक्षमा १० मत खसेको छ । सत्तारुढ दल नेकपाका ९ र फोरमका एक सांसदले जोशीको विपक्षमा मत हालेका हुन् ।

प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले भने बैठक बहिस्कार गरेको छ । कांग्रेसका चार सांसदले जोशीलाई अनुमोदन गर्नुपर्ने कारण लिखित रुपमै राखेका छन् । ‘संवैधानिक परिषदले सिफारिस गरेका जोशीलाई अस्वीकृत गर्नुपर्ने कारण र आधारका आभावमा नियुक्ति अस्वीकार गर्ने रायसँग आफ्नो गम्भीर असहमति रहेकाले बैठक बहिस्कार गरेको उनीहरुको भनाइ छ ।

गत फागुन ३० गते न्यायपरिषद्ले गोपालप्रसाद पराजुली प्रधानन्यायाधीश पदमा बहाल नरहेको जनाएपछि वरिष्ठताका आधारमा जोशी कायममुकायम प्रधान्यायाधीश बनेका थिए।

प्रकाशित : 3 August, 2018

प्रतिक्रिया दिनुहोस्