फ्रान्स सुपर कपको उपाधि जित्यो पीएसजीले

एजेन्सी । श्रावण–२०, फ्रान्स सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी)ले जितेको छ । शनिबार राति चीनमा भएको खेलमा पीएसजीले मोनाकोलाई ४–० गोल अन्तरले हराउँदै उपाधि जितेको हो ।
खेलमा पीएसजीले ३३ औं मिनेटमा एन्जल डी मारियाको गोलबाट अग्रता लिएको थियो । ४० औं मिनेटमा क्रिस्टोफर एनकुन्कुले गोल गर्दै टोलीलाई पहिलो हाफमा २–० को अग्रता दिलाएका थिए ।
दोस्रो हाफ पछि पनि पीएसजीले नै खेल आफ्नो पक्षमा पार्दै ६७ औं मिनटेमा टिमिथी वाह् र अतिरिक्त समयमा डी मारियाले गोल गर्दै पीएसजीलाई ४–० को जित दिलाएका हुन् ।
झण्डै ४२ हजार दर्शकका माझ भएको फाइनल खेल, चोटका कारण खेल्न नपाएका पीएसजीका स्टार खेलाडी नेइमार सब्सिच्युटका रुपमा ७५ औं मिनेटमा मैदान प्रवेश गरेका थिए ।
पीएसजीले फ्रेन्च कपमा सन् २०१४ यताका सबै खेल जित्दै आएको छ ।