भूकम्प पिडितहरुको साहारा बन्दै ‘टुगेदर फर नेपाल’

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२०, २०७२ बैशाख १२ गते गएको महाभूकम्पले देशभर ठूलो मानवीय तथा भौतिक क्षति भयो । २०७२ सालको भूकम्पमा परि ८ हजार नौ सय ६९ जनाले ज्यान गुमाएका थिए भने २२ हजार तीन सय २१ जना घाइते भएका थिए । त्यस समयमा छ लाख दुई हजार पाच सय ९२ घर पूर्णरुपमा क्षति भए र दुई लाख ८४ हजार चार सय ८२ जनाको घर आंशिकरुपले क्षति भएको थियो ।

ती नै भूकम्पपिडितको लागि सहयोग गर्न स्थापना भयो ‘टुगेदर फर नेपाल ‘। जुन विगत ६ महिनादेखि धादिङ्ग जिल्लाको विभिन्न गा. पा. मा पुर्नव्यवस्थापन परियोजना संचालन गर्दै आइरहेको छ ।

टुगेदर फर नेपालले त्यस क्षत्रको पुर्नव्यवस्थापनको लागि स्वास्थ्य, सरसफाई, कृषी तथा शिक्षाको क्षेत्रलाई केन्द्रित गरेर विभिन्न क्रियाकलापहरु संचालन गर्दै आईरहेको छ ।

हालसम्म टुगेदर फर नेपालले सिलाई बुनाई र विद्युतिय जडान सम्बन्धि तालिम, स्वास्थ्य चौकी तथा उपस्वास्थ्य चौकीलाई सामान्य चिकित्सा सम्बन्धी उपकरणहरुको प्रबन्ध, सरसफाई सम्बन्धी तालिम, विद्यालयहरुमा कम्प्युटर तथा माइक्रोस्कोपको प्रबन्ध, धानको बिउ वितरण लगायत विभिन्न सामाजिक कार्यहरु पूरा गरिसकेको संस्थाका कार्यक्रम संयोजक हरि शरण जमरकटेलले जानकारी दिए ।

आगमी दिनहरुमा यिनै कार्यक्रमहरुलाई यथावत् राख्दै दोस्रो निःशुल्क स्वास्थ्य शिविर तथा औषधी वितरण, चल्ला तथा बाख्रा वितरण, तरकारी बिउ तथा हँसिया वितरण, दुग्ध चिस्यान केन्द्र तथा धान कुट्ने–पिस्ने मिल लगायत विभिन्न अरु कार्यहरु पनि संचालन गर्ने टुगेदर फर नेपालका अध्यक्ष सुभासन भट्टराईले जानकारी दिए ।

प्रकाशित : 5 August, 2018

प्रतिक्रिया दिनुहोस्