गैर आवाशीय नेपालीलाई नेपालमा लगानी गर्न अर्थमन्त्री खतिवडाको आग्रह

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२१, विदेशमा बसोबास गरिरहेका नेपालीलाई पर्यटन, वित्त तथा अन्य विभिन्न क्षेत्रमा लगानी गर्न अर्थमन्त्री डा. युवराज खतिवडाले आग्रह गरेका छन् । आइतबार मेरिल्याण्डमा आयोजित प्रवासी मञ्चको कार्यक्रममा बोल्दै अर्थमन्त्री खतिवडाले कार्यक्रममा सहभागी गैर आवासीय नेपाली(एनआरएन)हरुलाई आफुले कमाएको रकम नेपालमै लगानी गर्न आग्रह गरेका हुन् ।

अर्थमन्त्रीले गैर आवासीय नेपालीहरुले विदेशी भुमिमा बसेर आर्जन गरेको सम्पत्ति नेपालमा प्रविधि, सीप र श्रमको विविध क्षेत्रमा लगानी गरे मन्त्रालयको पक्षबाट आफुहरु पनि सहजीकरण गर्न तयार भएको बताएका छन् ।

अर्थमन्त्री खतिवडाले भने, “हामी देश समृद्ध बनाउने अभियानमा छौँ, तसर्थ लगानीकर्तालाई आकर्षित गर्न एकद्वार नीति अवलम्बन गरेर कम्पनी दर्तादेखि लगानी गरेर आर्जित गरेको रकमसमेत कर तिरेपछि मुनाफा लैजान सक्ने वातावरण निर्माण गर्न लागेका छौँ ।”

सामाजिक न्यायको सिद्धान्तमा आधारित भएर नागरिकलाई उत्पादनमा प्रोत्साहित गर्ने श्रम गर्न सक्ने र शिक्षित, सीपयुक्त र स्वस्थ्य नागरिकको योगदानको खोजिमा रहेको पनि उनले बताए ।

प्रकाशित : 6 August, 2018

प्रतिक्रिया दिनुहोस्