केपी ओली प्रचण्ड माधव नेपाल एमाले


ऐतिहासिक जीत सँगै स्वदेश फर्कियो नेपाली क्रिकेट टिम

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२१, नेदरल्यान्ड्सविरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट सिरिज खेलेको नेपाली राष्ट्रिय क्रिकेट टिम आज स्वदेश फर्किएको छ। एकदिवसीय मान्यता प्राप्त गरेपछि नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले एकदिवसीय क्रिकेटमा पहिलो जीत हासिल गरेको हो ।

नेपाली क्रिकेट टिमलाई त्रिभुवन विमानस्थलमा उनीहरुका समर्थकहरुले स्वागत गरेका छन् । खेलाडिहरुले पत्रकारहरुसँग कुरा गर्दै समग्रममा नेपालले खेलमा राम्रो पर्दशन गर्न सकेको प्रतिकृया दिएका छन् ।

नेपाली क्रिकेटका कप्तान पारस खड्काले पत्रकारहरुसँग बोल्दै केहि कमिकमजोरिका बाबजुत पनि नेपालले राम्रो खेल प्रदर्शन गर्न सकेकोमा खुसी व्यक्त गरेका छन् । उनले क्रिकेटको आगामी यात्रा एसिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास समेत व्यक्त गरे ।

प्रकाशित : 6 August, 2018

प्रतिक्रिया दिनुहोस्