अपहरित ११ वर्षीय बालकको हत्या, दुई अपहरणकारीको इन्काउन्टरमा मृत्यु

काठमाण्डौं । श्रावण–२१, आइतबार अपहरण गरिएका ११ वर्षीय बालकको आज हत्या भएको छ । आइतबार साँझ काँडाघारीबाट अपहरणमा परेका निशान खड्काको आज साढे १२ बजे ठिमी नगरपालिकाको एक निर्माणाधीन घरभित्र सव फालिएको अवस्थामा भेटिएको हो ।
अपहरणकारीले बालकको फिरौतिको लागी ४० लाख माग गरेका थिए । अपहरणकारीहरुको खोजि गर्ने क्रममा अपराध महाशाखाको टोली र अपहरणकारीहरुविच भिडन्त हुँदा प्रहरीको इन्काउन्टरमा परी दुई अपहरणकारीहरुको समेत मृत्यु भएको छ ।
अपराध महाशाखाको टोलीले भक्तपुरकै डोलेश्वर महादेव मन्दिरमाथि रहेको जङ्गलमा अपरान्ह १ बजे अपहरणकारीलाई इन्काउन्टर गरी मारेको हो ।
महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धीरजप्रताप सिंहका अनुसार अपहरणकारी खोज्दै जाँदा उनीहरुबाट नै गोली चलेपछि प्रहरीले जवाफी फायर गर्दा २ जना अपहरणकारी मारिएका हुन् ।