दुई हजार वर्ष पुरानो चिहानमा कुहिएको रगत भेटियो
एजेन्सी । श्रावण–२१, इजिप्टको अलेक्जेन्ड्रियामा पुरातत्व विभागले गरेको उत्खनन कार्यबाट २ हजार वर्ष पुरानो चिहानमा कुहिएको रगत भेटिएको छ । २७ हजार किलो तौलको ढुंगाबाट बनाइएको चिहानमा १६ फिट उत्खनन् गर्दा कुहिएको रगत भेटिएको हो ।
उक्त चिहानका बारेमा स्थानियहरुको धारणा भने किनै फरक थियो । उनीहरुले उक्त चिहान उत्खनन् गरेमा ठूलो प्रलय हुन्छ भन्ने मान्यता लिएका थिए । तर पनि अधिकारीहरुले चिहान उत्खनन् गरेरै छाडे ।
उत्खननको क्रममा दुई हजार वर्ष पुरानो उक्त चिहानमा तिन मानिसहरुको कंकाल भेटियो । उक्त कंकालसँगै कुहिएको रगत मिसिएको पानी पनि भेटियो, जसले उत्खनन् कार्य हेर्न आएका मानिसहरुसँगै उत्खननमा खटिएका व्यक्तिहरुलाई समेत अचम्मित बनाएको छ ।
चिहानबाट कंकाल निकालेर संग्रहालयमा बुझाइयो भने उक्त चिहानको हेरविचार गर्ने जिम्मा सेनालाई दिइएको छ ।
तर उक्त घटना सार्वजनिक भएसँगै एक मानिसले अनलाईन मार्फत उक्त चिहानमा भेटिएको रगत मिसिएको दुर्गन्धित पानी पिउने इच्छा व्यक्त गरे । एक व्यक्तिको इच्छा आनलाईनमा देखिना साथै हजारौँ मानिसहरुले उक्त रगत पिउने इच्छा राखेका छन् ।
तर चिहानमा भेटिएको हजारौँ वर्ष पुरानो रगत मिसिएको पानी दुर्गन्धित र फोहोर भएकाले पिउन नमिल्ने अधिकारीहरुले बताएका छन् ।