केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शारिरीक सम्बन्ध स्थापित गर्न विश्वका मानिसहरुले गर्ने केहि रोचक तथ्यहरु

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२१, शारिरीक सम्बन्ध विश्वभरमा हरेक सजीव प्राणीहरुमा हुने प्राकृतिक कृयाकलाप हो । विश्वका हरेक मुलुकहरुमा शारिरीक सम्बन्धलाई अनेक तरिकाबाट हेरिन्छ । यसको तरिका समेत फरक हुने गरेको पाइएको छ । शारिरीक सम्बन्धलाई स्थापित गर्न विश्वका मानिसहरुले अपनाउने तरिकाहरु फरक र अनौठा हुने गरेको एक अनुसन्धानबाट खुलेको छ । यस सम्बन्धि केहि रोचक तथ्यहरु यस प्रकार छन् ।


१) जापानीहरु कम सेक्स गर्छन्ः अनुसन्धान अनुसार जापानीहरुले कम यौन क्रियाकलाप गर्ने गरेको पाइएको छ । पछिल्लो समय जापानमा जन्मदर समेत घट्दै गएको पाइएको छ । जापानमा धेरै वैवाहिक जोडीहरु शारिरीक सम्बन्ध विना नै जीवन चलाइरहेका छन् ।

२) दक्षिण कोरियाली महिलाहरु बच्चा जन्माउन हिचकिचाउँछन् : दक्षिण कोरियाली महिलाहरुले पछिल्लो समय बच्चा जन्माउन हिचकिचाउँने गरेको पाइएको छ । बच्चा जन्माउनको लागी सरकारले अनेक सुविधा दिए पनि कामको व्यस्तताका कारण महिलाहरुले बच्चा जन्माउन कम गरेको अनुसन्धानबाट खुलेको छ ।

३) रुसमा गर्भधारण दिवस मनाइन्छ : रुसको उल्यानोवस्क प्रान्तका गर्भनरले १२ सेप्टेम्बरलाई आधिकारिक रुपमा गर्भधारण दिवसको रुपमा घोषणा गरेका छन् ।

यस बेला मानिसहरुलाई छुट्टी दिइन्छ ता कि उनीहरु घरमा बसेर सेक्स गर्न सकून् । जन्मान्तर बढाउनको निम्ति सरकारले यो नीति अपनाएको हो । याँहा जो दम्पत्तीले १२ सेप्टेम्बरको ९ महिनापछि बच्चा जन्माउँछन्, उनीहरुलाई क्यामरा, फ्रिज, वासिङ मेसिनलगायतका उपहार दिइन्छ ।
४) छुट्टीमा बच्चा जन्माउँछन् डेनमार्क निवासीः स्पाइस ट्राभल नामको एक कम्पनीले गरेको अनुसन्धान अनुसार डेनमार्कका मानिसहरु छुट्टीका बेला सबैभन्दा धेरै सेक्स गर्छन् ।

छुट्टीमा उनीहरु औसतमा ४६ प्रतिशत बढी सेक्स गर्छन् । सन् २०१४ मा यो कम्पनीले घर बाहिर गर्भधारण गर्ने दम्पत्तीका लागि एक विशेष अफर दिएको थियो । छुट्टीका बेला गर्भधारण गर्ने दम्पत्तिलाई तीन वर्षसम्म बच्चासँग जोडिएको उत्पादन निःशुल्क प्रदान गराइएको थियो ।
५) महिलालाई माछा दिएर फाकाउँछन् पुरुषः मध्य ब्राजिलको एक सानो गाउँ मेहिनाकूमा पुरुषले महिलालाई माछा दिएर फकाउने गर्छन् ।

जो पुरुषले सबैभन्दा ठूलो माछा समातेर ल्याउँछन् उसैले महिलाको प्रेम पाउँछन् । यसका लागि पुरुष माछा समात्ने विशेष प्रतियोगितामा पनि समावेश हुन्छन् ।

प्रकाशित : 6 August, 2018

प्रतिक्रिया दिनुहोस्