कि भ्रष्टाचारी सकियो कि म सक्किएँ : पूर्वकानूनमन्त्री तामाङ

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२२, पूर्वकानूनमन्त्री शेरबहादुर तामाङले भ्रष्टाचार नियन्त्रण गर्न आफु कटिबद्ध भएको बताएका छन् । बंगलादेशमा चिकित्सा शिक्षा अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि कानूनमन्त्रीबाट राजीनामा दिएका पूर्वमन्त्री तामाङले पद भन्दा ठूलो मुद्दा भएको बताउँदै भ्रष्टाचारिलाई उम्कन नदिने बताएका हुन् ।

भ्रष्टाचार नियन्त्रणका लागि गरेको प्रयासविरुद्ध लाग्नेहरुले आफूविरुद्ध षड्यन्त्र गरेको भन्दै पूर्वमन्त्री तामाङले ‘कि भ्रष्टाचारी सकियो कि म सकिएँ’ भनेर खुल्ला चेतावनी दिएका छन् ।

उनले ‘मन्त्रिपरिषदमा पुगेको विधेयक कसले रोक्दो रहेछ, भ्रष्टाचारीको पक्षमा कोको उभिदाँरहेछन्, जनताले हेरिरहनेछन्’ भनि आफु पनि भ्रष्टाचारिको जरा उखेल्न लागी पर्ने बताएका हुन् ।

राज्यकोषमा जम्मा हुनुपर्ने करिब ६१ अर्ब रकम अदालतको अन्तरिम आदेशको भरमा गुमेको कुरामा समेत उनले राज्यको ध्यानाकर्षण गराउन खोजेका छन् ।

आफुले मन्त्री पदबाट राजीनामा दिएको तर मुद्दा भने नछाडेको बताउने पूर्वमन्त्री तामाङले आफ्नो एक मात्र लक्ष्य भ्रष्टाचार नियन्त्रण गर्नु रहेको बताएका छन् ।

प्रकाशित : 7 August, 2018

प्रतिक्रिया दिनुहोस्