प्रेमीसँग भेटिएकी पत्नीले पतिको लिङ्ग टोकिदिएपछि

काठमाण्डौं । श्रावण–२२, प्रेमीसँग रंगेहात भेटिएकी एक महिलाले आफ्नो पतिको लिंग टोकेर चुँडाइदिएकी छन् । दक्षिण भारतको भेल्लोर जिल्लाको एक गाउँमा बस्ने जयन्ती नामकी महिलालाई प्रेमीसँग आपत्तिजनक अवस्थामा रंगेहात फेला पार्दा उक्त महिलाले पतिकै लिंग टोकेर चुँडाएकी हुन् ।
पतिसँग गाउँको मन्दिरमा लागेको मेला घुम्न गएकी जयन्तीले दिउँसो साँढे एक बजेतिर आफु ताजा भएर आउने भनि बाहिर निस्किएकी थिइन् । ताजा हुन भनेर बाहिर गएकी पत्नी लामो समयसम्म नफर्किएपछि उनका श्रीमान उनलाई खोज्न बाहिर आउँदा अर्कै गाउँको धनचनमुर्ती नामका मानिससँग उनलाई आपत्तिजनक अवस्थामा भेटेका थिए ।
उनले दुवैलाई समातेर उनीहरुको अवैध सम्बन्धलाई सबैको अगाडि सार्वजनिक गरिदिने धम्की दिए । तीन जनाबीच घम्साघम्सी हुँदा जयन्तीका पति सेन्तामराइको धोती खुस्कियो ।
घटना सार्वजनिक भएमा आफ्नो बेइज्जत हुने र उस्तै परे आक्रोशित गाउँलेहरुबाट पिटाई खाने डरले जयन्तीले पतिको लिंग टोकिदिइन् र क्षतविक्षत बनाइदिइन् ।
पिडाले सेन्तामराइ छटपटाउन थालेपछि ती महिला र उनका प्रेमी त्यहाँबाट भागेका थिए । तर हाल उनीहरुलाई प्रहरीले पक्राउ गरि नियन्त्रणमा लिएको छ । सेन्तामराइको भने चेन्नईको एक अस्पतालमा उपचार भइरहेको छ ।