केपी ओली प्रचण्ड माधव नेपाल एमाले


शारिरीक व्यायाम गर्नु शरीर देखि मस्तिष्क सम्मको लागि उपयोगी

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२२, शारिरीक व्यायाम मानवका निम्ति निकै उपयोगी हुन्छ । शरीर, मन र मस्तिष्क सबै स्फूर्त र तन्दुरुष्त पार्नको लागी शारिरीक व्यायाम उपयोगी मानिन्छ ।

शरिरको तौललाई सन्तुलनमा राख्न, मस्तिष्कलाई स्फूर्त बनाउन नियमित व्यायाम गर्न सकिन्छ । साथै नियमित व्यायामबाट धेरै प्रकारका रोगहरुबाट समेत बच्च सकिन्छ । नियमित व्यायामले आत्माविश्वास बढाउने, स्मरण शक्ति बढाउने, शरीर स्वस्थ राख्न मदत गर्नुको साथै निर्णय गर्ने क्षमतामा समेत वृद्धि गराउँछ ।

शारिरीक व्यायामका केहि फाइदाजनक तथ्यहरु
१) स्मरण शक्ति बढ्छ : नियमित व्यायाम गर्नाले मस्तिष्कमा रसायनको मात्रा बढ्ने गर्छ । जसका कारण नयाँ कोषिकाको निमार्ण हुन्छ , र मस्तिष्क कोषिका एक आपसमा जोडिएर नयाँ कुरा सिक्न तथा बुझ्नमा सहायता प्रदान गर्दछ ।

२) निर्णय लिने क्षमता बढाउँछ  : एक अनुसन्धानका अनुसार व्यायामका कारण मस्तिष्कमा नयाँ कोषिका तथा धमनी तयार हुन्छ र क्षतिग्रस्त कोषिकाको मर्मत समेत हुन्छ, जसका कारण निर्णय लिने क्षमतामा वृद्धि हुन्छ ।

३) आत्मविश्वास बढाउँछ : नियमित रुपमा व्यायाम र योग तथा ध्यान गर्नाले मानिसमा आत्माबल बढ्दछ । व्यायामबाट कमजोर मानसिकताको ह्रास भई मानसिकतामा दरिलो पना आएसँगै आत्मविश्वास पनि बढ्न पुग्छ ।

४) ऊर्जाको सञ्चार गर्छ : व्यायामका कारण शरीरको कोषिकालाई पर्याप्त मात्रामा अक्सिजन प्राप्त हुन्छ । जसका कारण शरीरको ऊर्जा प्रणाली सही तथा प्रभावकारी हुन्छ । नियमित रूपमा व्यायाम गर्नाले शरीरको मांसपेशी मजुबत हुन्छ ।

५) चिन्ता कम गर्छ : शारिरीक व्यायाम गर्ने मानिसहरुमा शारिरीक तथा मानसिक तनाव कम हुने गर्छ । व्यायाम गर्नाले एन्डोफिन्स नामक हर्मोनमा वृद्धि हुने गर्छ । उक्त हर्मोनले दिमागमा उल्लासको सञ्चार गर्छ । जसका कारण शारीरिक तनाव स्वतः कम हुनुका साथै जीवनमा आइपर्ने अन्य तनावसँग लड्न समेत मद्दत मिल्छ ।

६) विभिन्न रोगहरुबाट बचाउँछ : नियमित व्यायाम गर्नाले हामीले खाएका खानाहरुको पाचन राम्रोसँग हुनुको साथै शारिरीक र मानसिक रुपमा स्फूर्त भई विभिन्न किसिमका रोगहरुबाट समेत बच्न सकिन्छ । शरीर सन्तुलन हुने, खाएका खानाहरु राम्ररी पच्ने, मोटो पना नहुने, जाँगरिलो हुँने हुनाले शारिरीक व्यायाम रोगबाट बच्ने र शरीर सँधै स्वस्थ राख्ने एक गतिलो माध्यम हो ।

७) सहनशक्ति बढ्छ : व्यायाम गर्दा शरीरबाट पसिना निस्कन्छ । जसका कारण शरीरमा थकावट त हुन्छ । तर यसकै कारण शरीरमा सहनशक्तिको समेत वृद्धि हुने तथा मांसपेशीमा थकावटको कमी जस्ता परिणाम देखिन्छ । त्यसैले, जो मानिसमा सहनशीलता कम हुन्छ, उनीहरूले अनिवार्य व्यायाम गर्नु उचित हुन्छ ।

प्रकाशित : 7 August, 2018

प्रतिक्रिया दिनुहोस्