प्रधानमन्त्रीले दोहोरो चरित्र देखाएको कांग्रेसको आरोप

सहयात्रा टिभी

काठमाण्डौं । श्रावण–२३, प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसको केन्द्रिय समितिको बैठकले प्रधानन्यायाधीशको सिफारिस र सुनुवाईमा प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो भूमिका खेलेको आरोप लगाएको छ। मंगलबार साँझ ललितपुर, सानेपास्थित पार्टीको केन्द्रीय कार्यालयमा बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री पदको प्रतिष्ठा र जिम्मेवारी विपरीत दोहोरो भूमिका निर्वाह गरेर ओलीले कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको नियुक्ति प्रक्रिया दुर्घटनामा पारेको आरोप लगाएको हो ।


बैठकले संवैधानिक परिषद्को अध्यक्षको हैसियतले प्रधानमन्त्री ओलीले नै न्यायाधीश पदका लागि जोशीलाई सर्वसम्मतरुपमा सिफारिस गरेको र संसदीय सुनुवाइ विशेष समितिमा रहेका आफ्नै पार्टीका सदस्यहरुलाई सिफारिस अस्वीकृत गर्न निर्देशन दिएको दाबी समेत गरेको छ ।
बैठकले कार्यकारिणीको अतिक्रमण र हस्तक्षेपलाई रोक्न, संवैधानिक सर्वोच्चता तथा न्यायपालिकाको स्वतन्त्रता र निष्पक्षताको रक्षा गर्न कांग्रेस गम्भीर भएर क्रियाशील रहने समेत निर्णय गरेको छ ।
बठैक पछि पत्रकारहरुसँग कुरा गर्दै प्रवक्ता विश्व प्रकाश शर्माले सत्ता पक्षले शैक्षिक योग्यता सम्बन्धि लगाएको आरोप पुष्टि गर्दै नक्कली भए छानबिन गरी कारबाही गरेर देखाउन सरकारलाई दबाब दिने निर्णय गरेको बताएका छन् ।

प्रकाशित : 8 August, 2018

प्रतिक्रिया दिनुहोस्