केपी ओली प्रचण्ड माधव नेपाल एमाले


गाईको गोबरबाट बन्यो, फेशनेबल ड्रेस

सहयात्रा टिभी

एजेन्सी । श्रावण–२३, नेदरल्याण्डमा एक कम्पनीले गाईको गोबरबाट फेशनेबल ड्रेस बनाउन सफल भएको छ । गोबरको सेल्युलोजबाट प्लाष्टिक र कागज बनाउनमा सफलता हाँसिल गरिसकेको उक्त कम्पनिले अब भने फेशनेबल ड्रेस समेत तयार गर्न सफल भएको हो ।


लामो समय देखि गोबरमा पाइने सेल्युलोज अलग्याएर पहिरन बनाउने तरिकाको खोजी गरेकी उक्त कम्पनिकी जलिला एसाइदीले गोबरबाट टप र सर्ट तयार गरेकी हुन् । एसाइदी अहिले १५ किसानसँग मिलेर यो प्रोजेक्टमा काम गरिरहेकी छिन् ।

उनले यसवर्ष औद्योगिक स्तरमा मेन्योर रिफाइनरी युनिट सुरु गर्ने जानकारी दिएकी छिन् । यसका लागि उनले दुई लाख डलरको चिवाज भेन्चर एण्ड एचएण्डएम फाउन्डेशन ग्लोबल अवार्ड पनि पाएकी छिन् ।
एसाइदीले भन्छिन, ‘हामीले गोबरको सेल्युलोजमा लुकेको सुन्दरता संसारलाई देखाउनुपर्छ । ’
गोबरलाई छि भन्नेहरुका लागी  एसाइदीको गोबरबाट निर्मित आकर्षक कपडाले चकित बनाएको छ ।

प्रकाशित : 8 August, 2018


    Warning: foreach() argument must be of type array|object, bool given in /home/sahayatratv.com/public_html/wp-content/themes/ui/template-parts/content.php on line 16
प्रतिक्रिया दिनुहोस्